शनिबार साँझ मुस्ताङको घरपझोङका एक वृद्धमा कोरोना संक्रमण पुष्टि भयो ।
जेठ ३१ गते काठमाडौंबाट आएका घरपझोङ १ छैरोका ती वृद्ध तिब्बतियन क्याम्पमा बस्थे । उनलाई घासाको आइडिटी क्याम्पमा परीक्षण गर्दा रियाक्टिभ देखिएपछि असार १ गते उनलाई जोमसोममा आइसोलेसनमा राखिएको छ।
उनको स्वाब संकलन गरी २ गते परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ । ती संक्रमित उच्च रक्तचापको बिरामी भएको र आँखाको दृष्टिसमेत कमजोर भएको कार्यालयले जनाएको छ ।

उमेरका कारण आफ्नो हेरचाह आफै गर्न नसक्ने उनको अरु स्वास्थ्य अवस्थामा भने सामान्य रहेको र उनको सम्पर्कमा रहेकाहरुको खोडपड्ताल थालिएको कार्यालयले जनाएको छ ।




