संक्रमितका लागि प्रिआइसोलेसन बनाउँदै गलकोट नगरपालिका

संक्रमित थपिँदै गएपछि एक हप्ता लकडाउन कडा पार्ने निर्णय गरेको बागलुङको गलकोट नगरपालिकाले प्रिआइसोलसन बनाउन थालेको छ ।

सदरमुकाममा रहेको आइसोलेसन भरिएपछि संक्रमितलाई राख्न १२ देखि १५ जना अट्ने आइसोलेसन बनाउन थालिएको मेयर भरत शर्माले जानकारी दिए ।

आइतबार सूचना निकालेर नगरपालिकाले समुदायका संक्रमण फैलिनबाट रोक्न
कडा लकडाउन गरिएको जनाएको छ । यहाँ संक्रमितको संख्या २४ पुगेको छ । २४ संक्रमितमध्ये २३ विदेशबाट आएका हुन् भने १ जना बुटवलबाट आएका हुन् ।