आत्महत्या जानीजानी आफैंलाई मृत्यु गराउने कार्य हो । यो एक आवेगपुर्ण काम हो । WHO को अनुसार बिश्वमा हरेक 40 सेकेन्डमा एकजनाले आत्महत्या गर्छन । बिश्वमा कुल मृत मानिसमा 1.5% आत्महत्या को कारणले हुन्छ । बिश्वमा महिलाहरू भन्दा पुरूषहरूले बढी आत्महत्या गरेको पाइन्छ । औषत रूपमा हेर्ने हो भने 14 बर्ष देखि 29 बर्ष उमेर सम्मका मानिसहरूले धेरै आत्महत्या गर्छन ! आत्महत्या बिकासोन्मुख तथा बिकसित देश सबैमा गरेको पाइन्छ । अझ 2015 को WHO को रिपोर्ट हेर्ने हो भने, युरोपमा आत्महत्याको दर उच्च रहेको पाइन्छ । बिश्वमा ब्यक्ति अनुसार आत्महत्या गर्ने कारण र प्रकृया पनि फरक-फरक रहेको पाइन्छ । 15-40 प्रतिशतले सुसाइड नोट लेखेर आत्महत्या गरेको पनि पाइन्छ ।
WHO को 2018 को रिपोर्ट हेर्ने हो भने, नेपाल आत्महत्या गर्ने देशको सुचिमा 81 औं नम्वरमा परेको छ । नेपालमा बर्सेनी हजारौं मान्छेले आत्महत्या गरेको पाइन्छ । दैनिक औषत 10 भन्दा धेरै ब्यक्तिले आत्महत्या गर्छन । लकडाउनको तिन महिनाको अवधिमा मात्र नेपालमा लगभग 1200 जति मानिसहरूले आत्महत्या गरिसकेका छन । नेपालमा 9.7 % आत्महत्या पुरूषहरूले गर्छन भने , 7.9 % महिलाहरूले गर्छन ।
आत्महत्या कसरी गर्छन त ?
आत्महत्या गर्ने बिधि ठाउं अनुसार फरक-फरक हुने गर्छ । अमेरिकामा गन सुट गरेर सुसाइड गर्छन त भारतमा रेलको लिगमा सुत्छन । बिश्वमा अधिकांस मानिस घांटिमा पासो लगाएर आत्महत्या गर्ने गर्छन । बिष सेवन गरेर, नदिमा हाम फालेर, आत्मदाह गरेर, छत तथा अग्लो स्थानबाट हाम फालेर, धारिलो हतियार प्रयोग गरेर, औषधी ओभरडोज लिएर, करेन्ट लगाएर ! एक्सिडेन्ट गराएर, बम पड्काएर आदि बिभिन्न बिधि अपनाएर सुसाइड गरेको पाइन्छ । ब्यक्तिको पहुंच जुन बिधिमा छ त्यहि बिधि अपनाएको पाइन्छ ।
किन गर्छन त आत्महत्या ?
WHO को अनुसार बिश्वमा 27% आत्महत्या मानसिक रोगको कारणले गर्ने गर्छन ! आत्महत्याको मुख्य कारण डिप्रेसन फष्ट्रेसन रहेको पाइन्छ ! प्रेममा असफलता पाउंदा ! डिभोर्स हुंदा ! पारिवारिक कलह हुंदा, झुटो आरोप लाग्दा, एक्लो पनको महशुस हुंदा मानिसले सुसाइड गर्छन । कत्तिले जघन्य अपराध गरेपछि आत्महत्या गर्ने गर्छन । आफ्ना सन्तान तथा पारिवारिक सदस्य गुमाउंदा पनि कत्तिले आत्महत्या गर्छन । मादक पर्दार्थ सेवन तथा लागुऔषध अत्याधिक प्रयोग गरेको बेला तथा त्यसलाई प्रयोग गर्न नपाएको कारणले पनि आत्महत्या गर्ने गर्छन।
बिश्वमा ब्यक्ति अनुसार आत्महत्या गर्ने कारण र प्रकृया पनि फरक-फरक रहेको पाइन्छ । 15-40 प्रतिशतले सुसाइड नोट लेखेर आत्महत्या गरेको पनि पाइन्छ ।
निको नहुंने दिर्घ रोग लागेका ब्यक्तिहरू, अब म बांचेर काम छैन ! भन्ने सोचेर पनि आत्महत्या गर्छन । पछिल्लो समयमा कोभिड – 19 लाग्यो भनेर त्यसै आत्तिएर मानिसहरूले आत्महत्या गरेका छन । आफुले सचेजस्तो नहुंदा ! आफ्ना गोप्य कुराहरू बाहिर आउंदा पनि आत्महत्या गर्छन ! सामाजिक सञ्जालमा गलत क्रियाकलाप गर्दा पनि कत्तिले आत्महत्या गरेका हुन्छन ! कसैले ब्याकमेलिङ्ग गर्दा आफ्नो ब्यइजत हुने डरले पनि आत्महत्या गर्छन ।

कसैले अरूलाई घुर्कि लगाउन आत्महत्या गर्ने प्रयास गर्छन तर तिनलाई समयमा उद्धार नहुदा आत्महत्या हुन जान्छ ! पढाइमा असफलता पाउंदा पनि सुसाइड गर्ने गर्छन । सरकारले एसएलसीमा अनुत्रिण भएकाले धेरै सुसाइड गरेपछि एसएलसी ब्यवस्था खारेज गरेको थियो । जुवामा हारेर, दाइजो नल्याएर पारिवारिक टचरले पनि आत्महत्या गरेको पाइन्छ । आपुलाई मनपर्ने सेलिब्रेटी मरेको खबर सुन्दा तथा कुनै खेल क्लबले हारेको सुन्दा पनि आत्महत्या गर्ने गर्छन । गरिब मुलुकहरूमा भोकमरी तथा बेरोजगारीको कारणले पनि मानिसले आत्महत्या गर्छन । केही दिन अगाडि नेपालमा आफ्नो रोजगारी गुमेपछि एकजना ब्यक्तिले आत्मदाह गरेका थिए । बिकशीत मुलुकहरूमा खासगरि एक्लोपनको कारणले आत्महत्या गर्छन ! भारतमा किसानहरूले बालीनाली उत्पादन नहुंदा पनि आत्महत्या गरेको पाइन्छ ।
आत्महत्या ब्यक्ति पिच्छे फरक-फरक कारणहरू हुन्छन ।
कस्ता ब्यक्तिले आत्महत्या गर्छन ?
डिप्रेसन तथा मानसिक रोगको सिकार भएका ब्यक्ति ।
रिस चर्को भएका, रिसाह एवम सनकि, अरूको डाह गर्ने ब्यक्ति ।
सधैं निरास र नेगेटिभ बिचारधारा बोक्ने ब्यक्ति ।
सानो कुरामा पनि डराउने, आत्तिने तथा आफूलाई कमजोर ठान्ने ब्यक्ति ।
लागुऔषध प्रयोग गर्ने ब्यक्तिहरू ।
आफुलाई सधैं एक्लो ठान्ने मान्छेहरू ।
कुनै गेम तथा सामाजिक सञ्जालको अत्याधिक लत लागेका ब्यक्तिहरू ।
बाचेर काम छैन ! यो जिन्दगिमा केही गर्न सकिएन, भन्नेहरू ।
मेरा त आफ्ना भन्नु कोही छैनन, सबै मेरा सत्रु छन भन्नेहरू ।
मर्न पाए पनि ढुक्क हुन्थ्यो भन्ने सोच राख्नेहरू ।
पहिला आत्महत्या प्रयास असफल भएका ब्यक्तिहरू ।
आफ्नो मनलाई नियन्त्रण राख्न नसक्नेहरू ।
आदिले आत्महत्या गर्ने गर्छन ।
आत्महत्याबाट बच्न के गर्ने ?
- धूम्रपानले मस्तिष्कको रसायनलाई असर गर्दछ । जसले आत्महत्या गर्ने प्रवृत्ति बढाउँदछ । त्यसैले धुम्रपान तथा मद्यपान जस्ता बस्तुहरू सेवन नगर्ने !
- डिप्रेसनले खानपान, अरूसंगको सम्वन्ध, निन्द्रा आदिमा असर पार्छ । मान्छे उदास हुन्छ । कुनैपनि कुरामा आनन्द आउदैन, हास्न मन लाग्दैन एकोहोरो टोलाइरहने बानी हुन्छ ।सामाजिक गतिबिधिमा निस्कृय हुन्छ ! जसले गर्दा मानिस जिन्दगिबाट निरास भई हरेस खान्छ र मर्न मात्र मन लाग्छ त्यसैले डिप्रेसन भएको महसुस भएमा समयमै उपचार गरौं ।
- नकारात्मक कुराहरूलाई त्यागेर मनलाई आनन्दित गर्ने सकारात्मक तथा प्रेरणादायी कुरामात्र मनमा लिने गरौं ।
- हत्या हिंसा, झगडा, बिभेद आदि जस्ता बिषयमा बनाइएका समाचार तथा लेखहरूबाट टाढा बसौं ।
- रिसाउने तथा झगडा गर्ने बानिको अन्त गरौं ।
- सानु कुरामा पनि हास्ने, रमाउने बानिको बिकास गरौं ।
- खाली दिमाग सैतानको बास हुने हुंदा फुर्सदमा अनावस्क कुरा सोच्न भन्दा, पढ्ने, लेख्ने, चलचित्र हेर्ने, हिड्ने, डुल्ने बानी गरौं ।
- सामाजिक सञ्जाल बाट ब्रत लियौं । अत्याधिक सामाजिक सञ्जाल चलाउने काम बन्द गरौं । डिजिटल मिडियाको अत्याधिक प्रयोगको कारणले पनि मानिसलाई डिप्रेसन गराउंछ ।









