स्वास्थ्य

डाक्टरसहित ९ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण, प्रदेश अस्पतालद्वारा आकस्मिकबाहेकका सेवा बन्द

कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत चिकित्सकसहित नौ स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएपछि अस्पतालले आकस्मिकबाहेकका सेवा बन्द गरेको छ। अस्पतालले बिहीबार साँझ विज्ञप्तिमार्फत् सेवाग्राहीको सुरक्षालाई मध्यनजर गर्दै आकस्मिकबाहेकका सेवा बन्द गरेको जनाएको छ। अस्पतालका निर्देशक डा. डम्बर खड्काका अनुसार पिसिआर विधिबाट गरिएको परीक्षणका क्रममा विशेषज्ञ चिकित्सकसहित प्रयोगशाला, एक्सरे फाँटमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको हो । संक्रमित स्वास्थ्यकर्मीलाई प्रदेश अस्पतालअन्तर्गतको कोरोना विशेष अस्पतालको आइसोलेसन कक्षमा राखिएको छ।  यसैबीच, आत्महत्या गरेका दैलेखका… पुरा पढौ

आइसोलेशन कक्षमै जन्मियो शिशु

धौलागिरी अस्पताल बाग्लुङको आइसोलेशन कक्षमा उपचाररत कोरोना सङ्क्रमित एक महिलाले छोरा जन्माएकी छन् । ढोरपाटन नगरपालिका–८ की १९ वर्षीय महिलाले आज बिहान आइसोलेशन कक्षमै छोरा जन्माएकी हुन् । धौलागिरि अञ्चल अस्पतालका अनुसार असार ७ गते आइसोलेशन कक्षमा भर्ना भएकी ती महिलालाई चिकित्सकले शल्यक्रियामार्फत् बच्चा जन्माउन सल्लाह दिए पनि पछि सामान्य प्रकारले सुत्केरी भइन् । धौलागिरी अञ्चल अस्पताल बाग्लुङका मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र बी पोखरेलका अनुसार आमा र शिशुको स्वास्थ्य अवस्था… पुरा पढौ

संक्रमितको शव व्यवस्थापन गर्न सधै सकस

बिहीबार पनि जेठ २५ गते जस्तै विरोध विरोध सामाना गरी कोरोना संक्रमितको शव व्यवस्थापन गरिएको छ । पहिलो संक्रमितको शव व्यस्थापनका क्रममा जनप्रतिनिधिसमेतले अवरोध गरेका थिए । बुधबार राति मृत्यु भएका ५५ वर्षीय ती संक्रमितको शव व्यवस्थापन स्थल त फेरियो तर अवरोध अझ पेचिलो बन्यो । दिउँसो १२ बजेतिर पोखरा ३२ को सेती किनारमा खाल्डो खन्न डोजर गएपछि स्थानीयले टायर बालेर विरोध सुरु गरे । सिमसिम पानीको परवाह नगरी जम्मा… पुरा पढौ

पश्चिमाञ्चल अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराले आकस्मिकबाहेकका सेवा बन्द गरेको छ। अस्पतालमा उपचारत कोरोना संक्रमित स्याङ्जाका ५५ वर्षीय पुरुषको बुधबार राति मृत्यु भएपछि उनको शव व्यवस्थापन गर्नुपर्ने भएकाले बिहीबार सेवा बन्द गरिएको अस्पतालका निर्देशक डा अर्जुन आचार्यले जानकारी दिए।  स्याङ्जाको आँधीखोला गाउँपालिका सिरुबारीका पुरुषमा  मधुमेह र निमोनियाको समेत समस्या थियो । उनलाई श्वासप्रश्वासमा समस्या भएपछि यही असार ८ गते  पोखरा ल्याएर भेन्टिलेटरमा राखी उपचार गरिएको थियो । डा… पुरा पढौ

गण्डकीमा थप १ कोरोना संक्रमितको मृत्यु

पोखरामा कोभिड १९ संक्रमित एक जनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसियुमा उपचाररत एक पुरुषको बुधबार राति सबा ११ बजे मृत्यु भएको हो । स्याङजाको सिरुवारीका ती ५५ वर्षीय पुरुषमा मधुमेह, सिभियर निमोनिया लगायतका समस्यासमेत रहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको निर्देशक डा अर्जुन आचार्यले जानकारी दिए ।गण्डकी प्रदेशमा यो कोरोना संक्रमितको दोस्रो मृत्यु हो । असार ८ गते कोरोना संक्रमण पुष्टि भएपछि उनको भेन्टिलेटरमा राखेर… पुरा पढौ

पोखरा १४ को मसिना टोल सिल गर्न सिफारिस

पोखरा महानगरपालिका वडा नं. १४ को एकै टोलमा ४ जना संक्रमण देखिएपछि वडा कार्यालयले सो टोललाई सिल गर्न पत्राचार गरेको छ । वडाध्यक्ष प्रेमबहादुर कार्कीले बुधबार कास्कीका प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गर्दै सो क्षेत्र सिल गरी संक्रमण फैलिन नदिन आग्रह गरेका छन् । बुधबार साँझ पौने ७ बजेको अपडेट अनुसारगण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ सय ४२ पुगेको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा… पुरा पढौ

शिशुवा अस्पताललाई ५५ लाख, सरुवा रोग अस्पताल पनि बन्ने

पोखरा महानगरले सरुवा रोग अस्पताल बनाउने भएको छ । अस्पताल निर्माण गर्न सम्भाव्यता अध्ययन तथा सञ्चालनका लागि महानगरले आगामी वर्ष कार्य गर्ने भएको छ। महानगरले निजी क्षेत्रबाट सञ्चालित अस्पताल, फार्मेसी लगायत निजी स्तरमा सञ्चालित स्वास्थ्य संस्थाको नियमित अनुगमन गर्ने भएको छ । शिसुवा अस्पताल सवलीकरणका लागि ५५ लाख बजेट प्रस्ताव गरिएको छ । महानगरले टोल विकास संस्थाको सहकार्यमा आफ्नो आँगन आफै बनाऔ अभियान सञ्चालन गर्ने भएको छ । महानगर क्षेत्रभित्र… पुरा पढौ

६२९ नयाँ संक्रमित, कास्कीका ९ जना

बुधबार देशभर ६ सय २९ नयाँ संक्रमित फेला परेका छन् । तीमध्ये महिला १ सय १० र पुरुष ५ सय १९ छन् । अब देशभर संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ । २४ घन्टामा १ सय २४ जना निको भएर डिस्चार्ज भएका छन् । हालसम्म २ हजार ३ सय ३८ जना डिस्चार्ज भएका छन् । बुधबार क्वारेन्टिनमा ७८ हजार ६ सय ३९ जना छन् भने आइसोलेसनमा ८… पुरा पढौ

तनहुँमा क्वारेन्टिनमा बसेका व्यक्तिले गरे आत्महत्या

तनहुँको क्वारेन्टिनमा बसेका एक पुरुषले आत्महत्या गरेका छन् । घिरिङ गाउँपालिका ३ सुन्धाराको चन्द्रज्योति माध्यमिक विद्यालयको क्वारेन्टिनमा रहेका ४९ ती पुरुषले मंगलबार राति झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । उनी वडा नम्बर ३ मा रहेको क्वारेन्टिनमा असार ६ गतेबाट बसेका थिए । उनी भारतबाट नेपाल आएका हुन् । असार ४ गते एक दिन बसेर क्वारेन्टिनबाट भागेका उनलाई असार ५ गते राति भागेका उनलाई ६ गते भेटेर फेरि क्वारेन्टिनमा राखिएको… पुरा पढौ

आत्महत्या : खुलेर कुरा गरौं

एकजना कलेजको विद्यार्थिको फेसबूकको वालमा से नो टु सुसाइड लेख्दै एउटा फोटो सहितको पोस्ट राखिएको छ, जसमा डोरी स्पष्ट सग झुण्डिएको छ अनी उनी त्यही डोरिलाई हेरिरहेका छन। सरसर्ती हेर्दा सन्देश सकारात्मक् देखिन्छ तर यो फोटोको प्रभाव चाँही के पर्ला त? आकर्षक तरिकाले राखिएको फोटो कलात्मक तरिकाले प्रशम्शनिय छ तर यसले दर्शकलाई कस्तो प्रभाव पार्ला त? के हामी आत्महत्याको बारेमा सान्दर्भिक र मनोबैज्ञानीक बहस गर्ने स्तरमा छौ त? कतै अहिले… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं