करिब ६ सय नयाँ संक्रमित, गण्डकीमा ४० थपिए

लकडाउन सुरु भएको ३ महिना हुँदा संक्रमितको संख्या दिनानुदिन बढ्दो छ ।
पछिल्लो २४ घन्टामा ५ सय ९३ जना संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कुल ११ हजार ७ सय ५५ जना संक्रमित भेटिएका छन् । नवलपरासी २ महिला र २० पुरुषमा संक्रमण देखिएको छ भने गोरखाका ६ पुरुष कोरोना संक्रमित भएका छन् ।

पोखरा स्वाथ्य विज्ञान प्रतिष्ठान प्रयोगशालाको नतिजा अनुसार कास्कीका १ महिला १ पुरुष र लमजुङका ६ पुरुषमा कोभिड १९ पुष्टि भएको छ । प्रदेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा भएको परीक्षणमा बागलुङमा १, तनहुँमा २ र स्याङ्जामा १ जनामा नयाँ संक्रमण देखिएको छ ।

अहिलेसम्म क्वारेन्टिनमा ७१ हजार १२ जना छन् भने आइसोलेसनमा ९ हजारको उपचार भइरहेको छ । पछिल्लो २४ घन्टामा ४८ जनामा कोरोनो निको भएको छ भने अहिलेसम्म डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय ९८ छ ।