बिहीबार पनि जेठ २५ गते जस्तै विरोध विरोध सामाना गरी कोरोना संक्रमितको शव व्यवस्थापन गरिएको छ ।
पहिलो संक्रमितको शव व्यस्थापनका क्रममा जनप्रतिनिधिसमेतले अवरोध गरेका थिए । बुधबार राति मृत्यु भएका ५५ वर्षीय ती संक्रमितको शव व्यवस्थापन स्थल त फेरियो तर अवरोध अझ पेचिलो बन्यो ।
दिउँसो १२ बजेतिर पोखरा ३२ को सेती किनारमा खाल्डो खन्न डोजर गएपछि स्थानीयले टायर बालेर विरोध सुरु गरे । सिमसिम पानीको परवाह नगरी जम्मा भएको भीडले प्रहरी चेकपोस्टमात्र भत्काएन, सुरक्षा निकायका आधा दर्जन सवारीसमेत तोडफोड ग¥यो ।
भीडले प्रहरीका २ मोटरसाइकल, १ स्कुटर र शसस्त्र प्रहरीको एक ट्रक तोडफोड गरेको कास्कीका प्रहरी प्रवक्ता सुवास हमालले बताए । झडपमा २ प्रहरी घाइते भएका छन् छन् ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
८ राउन्ड हवाई फायर गरी प्रहरीले भीड तितरवितर पारेपछि शव व्यवस्थापन गरिएको छ । पहिलो संक्रमितको शव व्यवस्थापनपछि स्थानीयसँग छलफल गरी शव व्यवस्थापन स्थल पहिचान गर्नुपर्नेमा त्यसो नहुँदा समस्या भएको हो ।
पहिलो संक्रमितको शव व्यवस्थापनका बेला पनि समन्वय नभएको भन्दै पोखार ११ र २० का जनप्रतिनिधि विरोभा उत्रिएका थिए । शव व्यवस्थापनबारे प्रभावकारी कार्ययोजना र स्थानीयसँग समन्वय नभए यो समस्या सधै रहने देखिन्छ ।
पोखरा ३२ का अध्यक्ष अक्कलबहादुर कार्कीले वस्तीबाट करिब ८ सय मिटर तल शव व्यवस्थापन गर्दा बस्तीमा केही जोखिम नहुने भए पनि छलफल र सहमति नहुँदा अप्रिय अवस्था सिर्जना भएको बताउँछन् ।
तस्बिर : लेखनाथखबर




