पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट शुक्रबार एकै दिन १७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।
अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भएको र १६ संक्रमितको उपचार भइरहेको निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनबाट निको भएर घर फर्किनेमा १२ पुरुष र ५ महिला छन् ।
कोभिड १९ निको हुनेमा पर्वत, स्याङ्जा र गोरखाका १, १ जना छन् भने अरु सबै कास्कीकै हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गण्डकीमा पछिल्लो २४ घन्टामा ४० संक्रमित थपिएका छन् ।




