स्वास्थ्य

यस्तो छ गोरखाका मृतकको कन्ट्रयाक्ट हिस्ट्री

आइतबार बिहान मृत्यु भएका पालुङटारका कोरोना संक्रमित ४ दिनअघि मात्र गोरखा आएका थिए । कतारबाट १७ गते बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएका उनी सोही दिन बेलुका पालुङटार आइपुगेका थिए । बिहान ७ बजे काठमाडौं आइपुगेका उनी दिउँसो ५ बजे वडा नं. ७ को क्वारेन्टिन पुगेका थिए । पालुङटार वडा नं. ७ का वडाध्यक्ष वसन्तकुमार श्रेष्ठले आफूसँग समन्वय गर्दै नेपाल फर्किएका उनी काठमाडौंबाट डुम्रेसम्म माइक्रोमा आएको जानकारी दिए । मधुमेह र… पुरा पढौ

हिजो राति अस्पताल भर्ना भएका संक्रमितको बिहान मृत्यु

गोरखाको पालुङटार नगरपालिका ७ का ४४ वर्षीय पुरुषको बिहान ५ बजे मृत्यु भएको छ । गोरखा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा दीपक थापाले शुक्रबार राति गोरखा अस्पताल भर्ना भएका ती संक्रमित मधुमेह र निमोनियाका बिरामीसमेत भएको जानकारी दिए । अब गण्डकीमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ३ पुगेको छ । पछिल्लो अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ७९ पुगेको छ । प्रदेश क्षयरोग केन्द्र, पोखरा, पोखरा… पुरा पढौ

लेखनाथ लायन्स अस्पताललाई ७० लाख अनुदान

गण्डकी सरकारले लेखनाथ सामुदायिक लायन्स अस्पताललाई ७० लाख ३४ हजार अनुदान दिएको छ । शुृक्रबार विहान भएको गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो । सरकारका प्रवक्ता रामशरण बस्नेतका अनुसार बैठकले विभिन्न ४ निर्णय गरेको छ । कोभिड १९ को उपचारका लागि प्रदेश सरकारले यो अस्पताल सञ्चालन गर्ने तयारी छ । अस्पतालमा भौतिक पूर्वाधार तयार गर्न, उपकरण किन्न र जनशक्ति थप गर्न अनुदान दिइएको प्रवक्ता बस्नेतले जानकारी दिए… पुरा पढौ

संक्रमणमुक्त भयो मनाङ, आइसोलेसन र क्वारेन्टाइन खाली

हिमाली जिल्ला मनाङको आइसोलेसन र क्वारेन्टाइन खाली भएको छ। कोरोना सङ्क्रमित ५७ वर्षीय पुरुष डिस्चार्ज भएसँगै हाललाई हिमाली जिल्ला मनाङ कोरोना सङ्क्रमणमुक्त भएको छ। मनाङमा भेटिएका एक मात्र सङ्क्रमित सोमबार निको भएर घर फर्किएसँगै यस जिल्लामा अन्य सङ्क्रमित फेला परेका छैनन्। कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको ११औँ दिनमा उनी घर फर्किएका हुन् । जिल्ला अस्पताल मनाङको आइसोलेसनमा उपचाररत उनी निको भएर घर फर्किएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले बताए।… पुरा पढौ

संक्रमणको अवस्था कस्तो छ ? कसरी बच्न सकिन्छ ?

कोरोना संक्रमण नेपालका ७७ जिल्लामै पुगेको छ | कोरोना संक्रमणको त्रासले गर्दा हाम्रो दिनचर्या लथालिंग भएको छ | परीक्षणको दायरा निकै साँघुरो भएको हुँदा नेपालमा संक्रमितको संख्या कति छ भनेर यकिन गर्ने ठोस आधार छैन |अन्य देशको कोरोना संक्रमणसंग नेपालको अवस्था मिल्दो छैन | हालको तथ्यांक हेर्दा नेपालमा कोरोना संक्रमणको मृत्युदर ०.२ % मात्र छ अर्थात संक्रमित १००० मा करिब २ जनाको मात्र मृत्यु भएको छ | यसलाई अझै विश्लेषण… पुरा पढौ

स्वास्थ्यकर्मीमा संक्रमण भएपछि गाउँपालिका बन्द

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा कार्यरत एक कर्मचारीमा कोभिड १९ पुष्टि भएपछि गाउँपालिका, वडा कार्यालय र बैंकसमेत बन्द गरिएको छ । गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले असार २१ गतेसम्म अर्थात् ५ दिन स्वास्थ्यचौकी बाहेक पालिकाका सबै कार्यालयहरु बन्द गर्ने निर्णय भएको जानकारी दिए । उनले भने, ‘ स्वास्थ्य शाखामा काम गर्ने १ कर्मचारीलाई पोजेटिभ देखियो । समुदायसम्म नपुगेर भनेर ५ दिनसम्मका लागि वडा कार्यालय, गाउँपालिका र बैंकहरु बन्द गर्ने निर्णय गरेका छौं… पुरा पढौ

कोरोनाबाट मृत्यु हुनेको शव व्यवस्थापनस्थलको टुङ्गो अझै लागेन

कोभिड–१९ का कारण मृत्युवरण गर्ने व्यक्तिको शव व्यवस्थापनका लागि स्थानीय तहमा ठाउँ टुङ्गो लागेको छैन । शव व्यवस्थापन जिल्लास्तरीय समितिले स्थान पहिचान गरी सोको विवरण पठाउन स्थानीय तहलाई पटकपटक पत्राचार गरेको छ । प्रमुख जिल्ला अधिकारी संयोजक रहेको उक्त समितिले यथाशीघ्र शव व्यवस्थापन स्थलको खोजी गरी समितिलाई जानकारी गराउन सोमबार पुनः आग्रह गरेको छ । यसअघि गत जेठ २८ र यही असार ५ गते पनि समितिले सोही अनुरोधसहित पत्र पठाएको… पुरा पढौ

गण्डकी प्रदेशमा २८ संक्रमित थपिए

गण्डकीमा बुधबार २८ संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या ९ सय ९४ पुगेको छ । नवलपुरमा १२, गोरखामा ३, कास्कीमा १, स्याङ्जामा ८, बागलुङमा ३ र तनहूँमा १ जना गरी कुल २८ नयाँ संक्रमित थपिएका हुन् । नवलपुरको बुलिङटारमा २ पुरुष, गैंडाकोट ८ पुरुष र २ महिला गरी १२ संक्रमित थपिएका छन् । गोरखामा थपिएका संक्रमित शहिद लखनमा ३० वर्षीया महिला, बारपक सुलिकोटमा २ पुरुष गरी ३ जना, कास्कीको पोखरा महानगरपालिकामा… पुरा पढौ

मुस्ताङका ८३ वर्षीय वृद्धले जिते कोरोना संक्रमण

मुस्ताङका एकमात्र कोरोना संक्रमित ८३ वर्षीय पुरुष निको भएका छन् । उनी आज डिस्चार्ज भई घर फर्किएको स्वास्थ्य कार्यालय, मुस्ताङका प्रमुख टीकाराम भण्डारीले जानकारी दिए । ती वृद्धमा असार ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी घरपझोङ १ छैरोमा रहेको तिब्बती शरणार्थी क्याम्पमा बस्थे । उनी जेठ ३१ गते काठमाडौ‌ंबाट मुस्ताङ आएका थिए । तस्बिर : टीकाराम भण्डारी पुरा पढौ

कास्कीमा ८ थपिए, गण्डकीमा ९६६ संक्रमित

कास्कीमा ८ र गण्डकी प्रदेशमा १७ संक्रमित थपिएका छन् । मंगलबार बिहानको अपडेट अनुसार अब गण्डकीमा संक्रमितको संख्या ९ सय ६६ पुगेको छ । प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा पुष्टि भएका संक्रमितहरुलाई सम्बन्धित जिल्लामा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भएको छ । गण्डकी प्रदेशमा कोरोनको संक्रमण निको हुनेको संख्या २ सय १४ छ भने २ जनाको मृत्यु भएको छ । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं