हिजो राति अस्पताल भर्ना भएका संक्रमितको बिहान मृत्यु

गोरखाको पालुङटार नगरपालिका ७ का ४४ वर्षीय पुरुषको बिहान ५ बजे मृत्यु भएको छ ।

गोरखा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा दीपक थापाले शुक्रबार राति गोरखा अस्पताल भर्ना भएका ती संक्रमित मधुमेह र निमोनियाका बिरामीसमेत भएको जानकारी दिए ।

अब गण्डकीमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ३ पुगेको छ । पछिल्लो अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ७९ पुगेको छ ।

प्रदेश क्षयरोग केन्द्र, पोखरा, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा र भरतपुर अस्पताल, चितवन गरिएको परीक्षणमा गण्डकीमा थप १६ जनामा संक्रमण पुष्टि भएको हो ।