क्वारेन्टिनमा मृत्यु भएका युवकमा कोभिड १९ पुष्टि

बागलुङको ढोरपाटनमा रहेको क्वारेन्टिनमा आइतबार बिहान मृत्यु भएका युवकमा कोरोना पुष्टि भएको छ ।

ती युवकको स्थायी घर भने निसीखोला गाउँपालिका हो । अब उनको खुंगामै शव व्यवस्थापन गर्ने तयारी भएको ढोरपाटनका मेयर देवकुमार नेपालीले जानकारी दिए ।

ढोरपाटन नगरपालिका–४ खुङ्गाको क्वारेन्टिनमा बसेका ती २९ वर्षीय युवकको आइतबार बिहान मृत्यु भएको थियो। गण्डकी प्रदेश निर्देशक डा. विनोदविन्दु शर्मा क्वारेन्टिनमा मृत्यु भएका युवकमा कोभिड १९ पुष्टि भएको जानकारी दिए ।

ती युवकको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसिआर जाँच भएको थियो ।