स्वास्थ्य

गण्डकी प्रदेश प्रहरी अस्पताल आफ्नै भवनमा

गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराको नवनिर्मीत भवन आइतबार उद्घाटन भएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले उद्‍घाटन गरे । गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराको आफ्नो भवन नभएको अवस्थालाई मध्येनजर गर्दै सुविधा सम्पन्न भवन निर्माण गरी प्रहरी कर्मचारी साथै तिनका आश्रीत परिवार लगायत भूतपूर्व प्रहरी कर्मचारीको औषधी उपचारमा सहजता प्रदान गर्न अस्पताल स्थापना भएको हो । कास्की जिल्लाको पोखरा महानगरपलिका ७ मुस्ताङचोकमा नेपाल प्रहरीको… पुरा पढौ

पोखरा फोटोग्राफर संघको रक्तदान, फोटोग्राफी अवार्ड भदौ ३ मा वितरण गरिने

पोखरा फोटोग्राफर संघ, पोखराले शुक्रबार खुला रक्तदान आयोजना गरेको छ । रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा भएको रक्तदानमा २८ युनिट रगत संकलन भएको छ । संघका अध्यक्ष रविनाथ दाहालको अध्यक्षतामा भएको कार्यक्रममा संघका संरक्षक गणेश छवि, गण्डकी फोटोग्राफर संघका अध्यक्ष दुर्गाप्रसाद पौडेल, कैलाश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिवहरि अधिकारी, पूर्व अध्यक्ष नारायण बाटाजु, निवर्तमान अध्यक्ष तुलसीराम सुवेदी लगायतले बोलेका थिए । संघद्धारा सञ्चालित दोस्रो पोखरा फोटोग्राफी अवार्ड… पुरा पढौ

कर्णालीका प्रदेश सांसदलाई कोरोना संक्रमण

कर्णाली प्रदेशका १ सांसदलाई कोरोना पोजेटिभ देखिएको छ। प्रदेश सभाले सोमबार गरिएको पिसिआर जाँचमा एक सांसदमा कोरोना देखिएको पुष्टि गरेको हो । संक्रमित सांसदलाई आइसोलेसनमा राखिएको छ। उनको अवस्था सामान्य रहेको र उनको सम्पर्कमा आएकाहरुको जाँचपड्ताल जारी रहेको प्रदेशसभाले जनाएको छ । संसद बैठक भने अर्को सूचना नआउँदासम्मका लागि स्थगित भएको छ । पुरा पढौ

सार्वजनिक यातायात संचालन गर्दा कुन मापदण्ड अपनाउने ?

लामो समयको लकडाउनपछि सार्वजनिक यातायात खुलेको छ | सार्वजनिक यातायात प्रयोग गर्दा पर्याप्त सतर्कता अपनाउन सकिएन भने कोरोना संक्रमण फैलिने डर हुन्छ | सार्वजनिक यातायात संचालन गरेका विश्वका अधिकांश सहरमा संक्रमण ब्यापक फैलिएको तथ्यलाई नजरअन्दाज गर्नु हुँदैन | यो विषम परिस्थितिमा सार्वजनिक यातायात सेवामुखी बन्नु जरुरी छ | यसको लागि निम्न लिखित सुरक्षा सतर्कता अपनाउनु जरुरी छ |१. ड्राइभर, कन्डक्टर तथा हेल्परको कोरोना परीक्षण गर्ने |२. यातायातका साधनलाई बाहिर तथा… पुरा पढौ

थुनुवामा कोरोना संक्रमण, हिरासत सिल

जिल्ला प्रहरी कार्यालय सुर्खेतक एक थुनुवाका कोरोना सङ्क्रमण पुष्टि भएपछि हिरासत ‘सील’ गरिएको छ । बलात्कारको अभियोगमा पक्राउ परी हिरासतमा राखिएका एक व्यक्तिमा कोरोना देखिएपछि हिरासत कक्ष सील गरिएको जिप्रका सुर्खेतले जनाएको छ । वीरेन्द्रनगरका ३६ वर्षीय ती युवक हाडनाता करणीको आरोपमा यही असार १४ गते पक्राउ परेको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले बताए । “हिरासतमा राखिएका थुनुवाहरुको अनिवार्य पीसीआर गर्ने अदालतको आदेशानुसार यही असार २० गते परीक्षणका लागि उनको… पुरा पढौ

यस कारण घट्यो नेपालमा संक्रमण

नेपालमा बिगत १० दिन यता संक्रमितको संख्या घटिरहेको छ | के कोरोना संक्रमणबाट नेपाल मुक्त हुँदै गएको हो त ? के कारणले संक्रमितको संख्या घट्दै गएको हो ? १. विश्वका अन्य मुलुकमा कोरोना संक्रमणले आक्रान्त गर्ने समयमा नेपालमा अत्यन्तै न्यून संख्यामा कोरोना संक्रमित थिए | लामो लकडाउनको कारण समुदायमा फाट्टफुट्ट भएको संक्रमण अन्य व्यक्तिमा सर्न पाएन | यो समयमा संक्रमण भएका सुरुका व्यक्तिमा कोभिड १९ को सामान्य लक्षण देखिएको थियो… पुरा पढौ

ऐश्वर्या राय बच्चन र उनकी छोरीलाई पनि कोरोना

बलिउड अभिनेत्री ऐश्वर्या राय र उनकी छोरी आरध्यालाई पनि कोरोना पुष्टि भएको छ । ऐश्वर्या र छोरी आरध्यालाई दोस्रोपटक कोरोना परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको हो । यसअघि शनिबार मात्रै अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनलाई कोरोना पोजिटिभ देखिएको थियो । उनीहरु दुवैजना मुम्बईको नानावती अस्पतालमा उपचाररत छन् । अमिताभकी पत्नी जया बच्चनलाई भने कोरोना नेगेटिभ देखिएको छ ।एजेन्सी पुरा पढौ

अमिताभलाई कोरोना संक्रमण

कोरोना भाइरस संक्रमण भएपछि बलिउड अभिनेता अमिताभ बच्चन अस्पताल भर्ना भएका छन्। बच्चनलाई मुम्बईको नानवती अस्पताल भर्ना गरिएको छ । बच्चन आफैंले परीक्षणका क्रममा आफूलाई कोरोना पोजिटिभ देखिएको जानकारी फेसबुक र ट्विटरमार्फत् दिएका छन् । पुरा पढौ

अवैध मृगौला प्रत्यारोपण आरोपमा ४ डाक्टर पक्राउ

प्रहरीले चितवनबाट ४ डाक्टरलाई पक्राउ गरेको छ। अवैध रूपमा मिर्गौला प्रत्यारोपण गरेको अभियोगमा प्रहरीले चार डाक्टर पक्राउ गरेको हो। उनीहरुका साथै प्रहरीले जिल्ला प्रशासन कार्यालयका एक अधिकारीलाई पनि पक्राउ गरेको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोबाट गएको टोलीले पक्राउ गरी काठमाडौं ल्याइदै गरेको र यससम्बन्धी थप विवरण पत्रकार सम्मेलनबाट गराइने जनाइएको छ । पुरा पढौ

केएमसीमा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि

काठमाडौं मेडिकल कजेल (केएमसीं) अस्पतालमा मृत्यु भएका ५४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । बिहिबार मृत्यु भएका ती पुरुषमा शुक्रबार कोरोना पुष्टि भएको हो । अस्पतालका अनुसार ती पुरुष काठमाडौंको गोकर्णका हुन् । ती पुरुष असार १९ गते अस्पताल भर्ना भएका थिए । ती पुरुष मिर्गौलाका बिरामी थिए । अब नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३६ पुगेको छ । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं