स्वास्थ्य

यस कारण घट्यो नेपालमा संक्रमण

नेपालमा बिगत १० दिन यता संक्रमितको संख्या घटिरहेको छ | के कोरोना संक्रमणबाट नेपाल मुक्त हुँदै गएको हो त ? के कारणले संक्रमितको संख्या घट्दै गएको हो ? १. विश्वका अन्य मुलुकमा कोरोना संक्रमणले आक्रान्त गर्ने समयमा नेपालमा अत्यन्तै न्यून संख्यामा कोरोना संक्रमित थिए | लामो लकडाउनको कारण समुदायमा फाट्टफुट्ट भएको संक्रमण अन्य व्यक्तिमा सर्न पाएन | यो समयमा संक्रमण भएका सुरुका व्यक्तिमा कोभिड १९ को सामान्य लक्षण देखिएको थियो… पुरा पढौ

ऐश्वर्या राय बच्चन र उनकी छोरीलाई पनि कोरोना

बलिउड अभिनेत्री ऐश्वर्या राय र उनकी छोरी आरध्यालाई पनि कोरोना पुष्टि भएको छ । ऐश्वर्या र छोरी आरध्यालाई दोस्रोपटक कोरोना परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको हो । यसअघि शनिबार मात्रै अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनलाई कोरोना पोजिटिभ देखिएको थियो । उनीहरु दुवैजना मुम्बईको नानावती अस्पतालमा उपचाररत छन् । अमिताभकी पत्नी जया बच्चनलाई भने कोरोना नेगेटिभ देखिएको छ ।एजेन्सी पुरा पढौ

अमिताभलाई कोरोना संक्रमण

कोरोना भाइरस संक्रमण भएपछि बलिउड अभिनेता अमिताभ बच्चन अस्पताल भर्ना भएका छन्। बच्चनलाई मुम्बईको नानवती अस्पताल भर्ना गरिएको छ । बच्चन आफैंले परीक्षणका क्रममा आफूलाई कोरोना पोजिटिभ देखिएको जानकारी फेसबुक र ट्विटरमार्फत् दिएका छन् । पुरा पढौ

अवैध मृगौला प्रत्यारोपण आरोपमा ४ डाक्टर पक्राउ

प्रहरीले चितवनबाट ४ डाक्टरलाई पक्राउ गरेको छ। अवैध रूपमा मिर्गौला प्रत्यारोपण गरेको अभियोगमा प्रहरीले चार डाक्टर पक्राउ गरेको हो। उनीहरुका साथै प्रहरीले जिल्ला प्रशासन कार्यालयका एक अधिकारीलाई पनि पक्राउ गरेको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोबाट गएको टोलीले पक्राउ गरी काठमाडौं ल्याइदै गरेको र यससम्बन्धी थप विवरण पत्रकार सम्मेलनबाट गराइने जनाइएको छ । पुरा पढौ

केएमसीमा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि

काठमाडौं मेडिकल कजेल (केएमसीं) अस्पतालमा मृत्यु भएका ५४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । बिहिबार मृत्यु भएका ती पुरुषमा शुक्रबार कोरोना पुष्टि भएको हो । अस्पतालका अनुसार ती पुरुष काठमाडौंको गोकर्णका हुन् । ती पुरुष असार १९ गते अस्पताल भर्ना भएका थिए । ती पुरुष मिर्गौलाका बिरामी थिए । अब नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३६ पुगेको छ । पुरा पढौ

गण्डकीमा ११६२ संक्रमित

गण्डकी प्रदेशमा शुक्रबार बिहान १३ जनामा नयाँ संक्रमण पुष्टि भएको छ । अब प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार १ सय ६२ पुगेको छ । क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएका परीक्षणमा संक्रमण पुष्टि भएको हो । संक्रमितहरुलाई सम्बन्धित जिल्लामा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भएको प्रदेश स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए । अब गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या ६ सय ३३… पुरा पढौ

पोखरामा पनि सशुल्क कोरोना जाँच हुने

गण्डकी प्रदेशका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा सशुल्क पिसिआर जाँच हुने भएको छ । प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अहिले कोरोना संक्रमितको उपचार भइरहेको छ । कोरोना जाँच गर्नुपर्ने प्रोटोकलभन्दा बाहिरका व्यक्तिले यहाँ ५ हजार ५ सय रुपैयाँ तिरेर पीसीआर जाँच गराउन सक्ने छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार नारायणी अस्पताल वीरगञ्ज, कोशी अस्पताल, लुम्बिनी अस्पताल, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेत र धनगढी अस्पताललाई सःशुल्क परीक्षणको अनुमति दिएको हो । पुरा पढौ

सरकार, टेस्ट घटायौं कि विवरण लुकायौं ?

पछिल्ला दिनको संक्रमितको ग्राफ हेरेपछि जनस्वास्थ्य विद् डा समीरमणि दीक्षितलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइ याद आउँछ । अमेरिका लकडाउनका लागि नबनेको टिप्पणी गर्ने ट्रम्पले केही दिनअघि जाँच कम गरिदिए संक्रमितको संख्या कम आउने र टन्टो नै साफ हुने आशयको अभिव्यक्ति दिएका थिए । नेपालमा पछिल्लो २४ घन्टामा १ सय ८ जनामात्र नयाँ संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो तथ्यांकमा विज्ञहरुको त कुरै छाडौं, सर्वसाधारण… पुरा पढौ

कास्कीमा ४ सहित गण्डकीमा २० संक्रमित थपिए

गण्डकी प्रदेशका थप २० जनामा कोभिड १९ पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा, जनस्वास्थ्य प्रयोगशाला, हेटौडा र भरतपुर अस्पताल, चितवन गरिएको परीक्षणमा यी संक्रमित फेला परेका हुन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीका ४, तनहुँ १, म्याग्दी २, बाग्लुङ २, नवलपरासी पूर्व ४, लमजुङ ५, गोरखा २ जनामा संक्रमण पुष्टि भएको छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का संक्रमितलार्य आईसोलेसन कक्षमा राखिसकिएको र अन्य… पुरा पढौ

केशरको मृगौला प्रत्यारोपणका लागि सहयोग समिति

आर्थिक समस्याका कारण मृगौला प्रत्यारोपणमा समस्या भएपछि बागलुङ्ग जिल्लाको निसिखोला गाउँपालिका वडा नं. ३ का केशर विकको जीवन रक्षाका लागि सहयोग समिति गठन भएको छ । जीवन रक्षाका लागि जगत शाहीको संयोजकत्वमा मूल सहयोग समिति गठन भइ विभिन्न स्थानहरुमा समेत संयोजकहरुले काम गरिरहेको पोखरा सहयोग समितिका संयोजक मनिष चन्दले जानकारी दिए । गौतमबुद्ध सामुदायिक अस्पताल बुटबलमा उपचाररत विकको उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, काठमाडौंमा रिफर गरिएको छ । उनको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं