पोखरा महानगरमा एकै साथ ६ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले आइतबार बिहान संक्रमण पुष्टि गरेको हो ।
ती संक्रमित सबै विदेशबाट आएका हुन् । पोखरा महानगरका स्वास्थ्य विभाग प्रमुख हेमन्त पौडेलले तीमध्ये २ होम क्वारेन्टाइनमा, १ होटल क्वारेन्टाइन र ३ सरकारी क्वारेन्टाइनमा रहेको जानकारी दिए ।
उनीहरुलाई आइसोलेसनमा लैजाने तयारी भएको पौडेलले बताए । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए ।

अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ३ सय २ पुगेको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप १२ जना संक्रमित फेला परेका हुन् ।




