प्रहरीले चितवनबाट ४ डाक्टरलाई पक्राउ गरेको छ। अवैध रूपमा मिर्गौला प्रत्यारोपण गरेको अभियोगमा प्रहरीले चार डाक्टर पक्राउ गरेको हो।
उनीहरुका साथै प्रहरीले जिल्ला प्रशासन कार्यालयका एक अधिकारीलाई पनि पक्राउ गरेको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोबाट गएको टोलीले पक्राउ गरी काठमाडौं ल्याइदै गरेको र यससम्बन्धी थप विवरण पत्रकार सम्मेलनबाट गराइने जनाइएको छ ।




