कर्णालीका प्रदेश सांसदलाई कोरोना संक्रमण

कर्णाली प्रदेशका १ सांसदलाई कोरोना पोजेटिभ देखिएको छ।

प्रदेश सभाले सोमबार गरिएको पिसिआर जाँचमा एक सांसदमा कोरोना देखिएको पुष्टि गरेको हो । संक्रमित सांसदलाई आइसोलेसनमा राखिएको छ।

उनको अवस्था सामान्य रहेको र उनको सम्पर्कमा आएकाहरुको जाँचपड्ताल जारी रहेको प्रदेशसभाले जनाएको छ । संसद बैठक भने अर्को सूचना नआउँदासम्मका लागि स्थगित भएको छ ।