ऐश्वर्या राय बच्चन र उनकी छोरीलाई पनि कोरोना

बलिउड अभिनेत्री ऐश्वर्या राय र उनकी छोरी आरध्यालाई पनि कोरोना पुष्टि भएको छ ।

ऐश्वर्या र छोरी आरध्यालाई दोस्रोपटक कोरोना परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको हो । यसअघि शनिबार मात्रै अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनलाई कोरोना पोजिटिभ देखिएको थियो । उनीहरु दुवैजना मुम्बईको नानावती अस्पतालमा उपचाररत छन् । अमिताभकी पत्नी जया बच्चनलाई भने कोरोना नेगेटिभ देखिएको छ ।एजेन्सी