स्वास्थ्य

समुदाय संक्रमणको जोखिम

केहि दिन सुस्ताएको कोरोना संक्रमितको ग्राफ आज एकाएक बढेको छ | परीक्षणको दर न्यून ( करिब ५ हजार ) भए पनि आज काठमाडौं उपत्याकामा ५३ जना ( काठमाडौंमा ४८, ललितपुरमा ४ र भक्तपुरमा १ गरेर ) नयाँ संक्रमितको पहिचान भएको छ | त्यति मात्र हैन काठमाडौं उपत्याका वरिपरिका अधिकांश जिल्लामा पनि केहि संक्रमितको पहिचान भएको छ | सरकारले कन्ट्याक्ट ट्रेसिंग तथा संबेदनशील स्थानहरुमा परीक्षणको गति बढाउने हो भने थप संक्रमितहरुको… पुरा पढौ

बझाङका एक संक्रमितको मृत्यु

थप एक कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। बझाङका ६५ वर्षीय पुरुषको साउन ९ गते मृत्यु भएको हो। बझाङ जिल्ला बुङ्गल गाउँपालिका वडा नम्बर तीन स्थायी घर भएका उनी असार २५ गते भारतको बैंगलोरबाट आएका थिए। उनको कोरोना परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको मन्त्रालयले जानकारी दिएको छ।  नेपालमा कोरोना संक्रमण देखिएका ४९ जनाको मृत्यु भएको छ। पुरा पढौ

स्वास्थ्य महाशाखामा आफ्नै रिपोर्ट लिन पुगे संक्रमित

कोरोना संक्रमित आफैं आफ्नो रिपोर्ट लिन पुगेपछि के होला ? विराटनगर महानगरपालिकामा एक संक्रमित रिपोर्ट लिन पुगेपछि कर्मचारीको भागाभाग भएको छ । मंगलबार संक्रमण पुष्टि भएका ती व्यक्ति दिउँसो कार्यालय पुगेका थिए । स्वास्थ्य महाशाखामा पुगेका उनको रिपोर्ट पोजेटिभ देखेपछि कर्मचारीको भागाभाग भएको हो । विराटनगर महानगरपालिका जनस्वास्थ्य निरिक्षक हैदर अलीका अनुसार संक्रमण पुष्टि भएका व्यक्तीलाई कोभिड १९ अस्पताल पठाइएको छ । पुरा पढौ

अक्सफोर्ड युनिभर्सिटी कोरोना भाइरसको खोप बनाउँदै

कोरोना भाइरसविरुद्ध अक्सफोर्ड युनिभर्सिटीले बिकास गरेको खोप सुरक्षित रहेको तथा इम्युन रेस्पोन्समा काम गरेको आज साँझ बिबिसीले जनाएको छ | ११०७७ जना व्यक्तिमा गरिएको दोस्रो चरणको परीक्षणमा खोपले शरीरमा कोरोना भाइरसबिरुद्धको एन्टीबोडी तथा टि सेल्स बनाउन सफल भएको जनाइएको छ | बेलायतले एक अरब डोज निर्माण गर्न अक्सफोर्ड युनिभर्सिटी तथा खोप निर्माता कम्पनीसंग अर्डर गरिसकेको छ | यो खोप मान्छेलाई असर नगर्ने तर चिम्पान्जीलाई संक्रमण गराउने भाइरससंग आनुबंशिक मिश्रणद्वारा तयार गरिएको… पुरा पढौ

साउनभर टिजी जाँच सित्तैमा, अरुमा ४० % छुट

पोखराको महेन्द्रपुल, मेडिकलमा लाइनमा हालै सञ्चालनमा आएको अन्नपूर्ण प्याथ ल्याब(एपिएल)ले लकडाउन लक्षित छुट योजना सार्वजनिक गरेको छ । ल्याबमा साउनभरि रगतमा हुने खराब बोसो (टिजी) सित्तैमा जाँच हुनेछ भने सुगर, थाइराइड, होलबडी लगायत सबै परीक्षणमा ४० प्रतिशत छुट दिइनेछ । ल्याबका सञ्चालक ठाकुरप्रसाद पन्तले बन्दाबन्दीको विषम परिस्थितिमा सेवाग्राहीप्रति उत्तरदायित्व वहन गर्दै छुट योजना ल्याएको बताए । ‘कोरोना कहरले विश्वलाई नै त्राहित्राहि बनाएको छ । यस्तो अवस्थामा पनि सर्वसाधारण स्वास्थ्य सेवाबाट… पुरा पढौ

क्वारेन्टिनबाट भागेका व्यक्ति मृत फेला

कैलालीमा क्वारेन्टिनबाट भागेका एक जना व्यक्ति आज मृत फेला परेका छन् । यही साउन १ गते भारतबाट फर्किएर गोदावरी नगरपालिका–८ स्थित गोलादेवी आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेका सोही वडाका ४५ वर्षीया शेरबहादुर आउजी कबुलियत सामुदायिक वनमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । मृत फेला परेका आउजी आज बिहान मात्रै क्वारेन्टिनबाट भागेको प्रहरी नायब उपरीक्षक विष्टले बताए । प्रहरी घटनास्थलमा पुगेर थप अनुसन्धान… पुरा पढौ

पोखरामा एकै पटक थपिए ६ संक्रमित

पोखरा महानगरमा एकै साथ ६ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले आइतबार बिहान संक्रमण पुष्टि गरेको हो । ती संक्रमित सबै विदेशबाट आएका हुन् । पोखरा महानगरका स्वास्थ्य विभाग प्रमुख हेमन्त पौडेलले तीमध्ये २ होम क्वारेन्टाइनमा, १ होटल क्वारेन्टाइन र ३ सरकारी क्वारेन्टाइनमा रहेको जानकारी दिए । उनीहरुलाई आइसोलेसनमा लैजाने तयारी भएको पौडेलले बताए । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए । अब… पुरा पढौ

गण्डकी प्रदेश प्रहरी अस्पताल आफ्नै भवनमा

गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराको नवनिर्मीत भवन आइतबार उद्घाटन भएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले उद्‍घाटन गरे । गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराको आफ्नो भवन नभएको अवस्थालाई मध्येनजर गर्दै सुविधा सम्पन्न भवन निर्माण गरी प्रहरी कर्मचारी साथै तिनका आश्रीत परिवार लगायत भूतपूर्व प्रहरी कर्मचारीको औषधी उपचारमा सहजता प्रदान गर्न अस्पताल स्थापना भएको हो । कास्की जिल्लाको पोखरा महानगरपलिका ७ मुस्ताङचोकमा नेपाल प्रहरीको… पुरा पढौ

पोखरा फोटोग्राफर संघको रक्तदान, फोटोग्राफी अवार्ड भदौ ३ मा वितरण गरिने

पोखरा फोटोग्राफर संघ, पोखराले शुक्रबार खुला रक्तदान आयोजना गरेको छ । रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा भएको रक्तदानमा २८ युनिट रगत संकलन भएको छ । संघका अध्यक्ष रविनाथ दाहालको अध्यक्षतामा भएको कार्यक्रममा संघका संरक्षक गणेश छवि, गण्डकी फोटोग्राफर संघका अध्यक्ष दुर्गाप्रसाद पौडेल, कैलाश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिवहरि अधिकारी, पूर्व अध्यक्ष नारायण बाटाजु, निवर्तमान अध्यक्ष तुलसीराम सुवेदी लगायतले बोलेका थिए । संघद्धारा सञ्चालित दोस्रो पोखरा फोटोग्राफी अवार्ड… पुरा पढौ

कर्णालीका प्रदेश सांसदलाई कोरोना संक्रमण

कर्णाली प्रदेशका १ सांसदलाई कोरोना पोजेटिभ देखिएको छ। प्रदेश सभाले सोमबार गरिएको पिसिआर जाँचमा एक सांसदमा कोरोना देखिएको पुष्टि गरेको हो । संक्रमित सांसदलाई आइसोलेसनमा राखिएको छ। उनको अवस्था सामान्य रहेको र उनको सम्पर्कमा आएकाहरुको जाँचपड्ताल जारी रहेको प्रदेशसभाले जनाएको छ । संसद बैठक भने अर्को सूचना नआउँदासम्मका लागि स्थगित भएको छ । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं