पोखरा महानगरमा एकै पटक १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बिहान साढे १० बजेको अपडेटमा प्रदेश स्वास्थ्य निर्देशनालयले यस्तो जनाएको हो ।
संक्रमितमध्ये १२ जना लेकसिटी क्वारेन्टिनमा थिए । २ जना पोखरामा सञ्चालित एक आयोजनका कामदार हुन् । बिहीबारसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ४ सय ७९ पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ३८ जनामा संक्रमण पुष्टि भएको हो ।

सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी गरिएको छ । प्रदेशमा कोरोनको संक्रमण निको हुनेको संख्या १ हजार २ सय ३० पुगेको छ ।




