कोरोना संक्रमित आफैं आफ्नो रिपोर्ट लिन पुगेपछि के होला ? विराटनगर महानगरपालिकामा एक संक्रमित रिपोर्ट लिन पुगेपछि कर्मचारीको भागाभाग भएको छ ।
मंगलबार संक्रमण पुष्टि भएका ती व्यक्ति दिउँसो कार्यालय पुगेका थिए । स्वास्थ्य महाशाखामा पुगेका उनको रिपोर्ट पोजेटिभ देखेपछि कर्मचारीको भागाभाग भएको हो ।
विराटनगर महानगरपालिका जनस्वास्थ्य निरिक्षक हैदर अलीका अनुसार संक्रमण पुष्टि भएका व्यक्तीलाई कोभिड १९ अस्पताल पठाइएको छ ।




