साउनभर टिजी जाँच सित्तैमा, अरुमा ४० % छुट

पोखराको महेन्द्रपुल, मेडिकलमा लाइनमा हालै सञ्चालनमा आएको अन्नपूर्ण प्याथ ल्याब(एपिएल)ले लकडाउन लक्षित छुट योजना सार्वजनिक गरेको छ ।

ल्याबमा साउनभरि रगतमा हुने खराब बोसो (टिजी) सित्तैमा जाँच हुनेछ भने सुगर, थाइराइड, होलबडी लगायत सबै परीक्षणमा ४० प्रतिशत छुट दिइनेछ । ल्याबका सञ्चालक ठाकुरप्रसाद पन्तले बन्दाबन्दीको विषम परिस्थितिमा सेवाग्राहीप्रति उत्तरदायित्व वहन गर्दै छुट योजना ल्याएको बताए ।

‘कोरोना कहरले विश्वलाई नै त्राहित्राहि बनाएको छ । यस्तो अवस्थामा पनि सर्वसाधारण स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भनी छुट दिएका हौं ।’ एपिएल केही दिन पहिलेबाट सञ्चालनमा आएको अत्याधुनिक स्वचालित ल्याब हो ।

ल्याबसँगै रहेको अन्नपूर्ण सिटी क्लिनिकले पनि साउन १ गतेबाट सेवा सुरु गरेको छ । सर्वसाधारणले विशेषज्ञ चिकित्सकको सेवा, रक्तपरीक्षण, भिडियो एक्सरे, इसिजी, अल्ट्रासाउन्ड, इको, फिजियोथेरापी र डाइटिसिएनको सेवा एउटै भवनबाट पाउने क्लिनिककी अध्यक्ष गीता कार्कीले जानकारी दिइन् । उनले भनिन्, ‘सेवाग्राहीलाई गुणस्तरीय स्वास्थ्य सेवा एकीकृत रुपमा एकै ठाउँमा दिने हाम्रो लक्ष्य छ ।’

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।