उच्च अदालतका न्यायाधीशलाई कोरोना संक्रमण

जनकपुरस्थित उच्च अदालतका १ न्यायाधीशमा कोरोना संक्रमण भएको छ ।

५० वर्षीय न्यायाधीशमा कोरोना पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए । न्यायाधीशमा कोरोना पुष्टि भएपछि निश्चित कामकारबाही बाहेक अन्य काम शुक्रबारदेखि ३१ गतेसम्मका लागि स्थगित गरिएको छ ।