वीरगन्जमा थप २ कोरोना संक्रमितको मृत्यु

वीरगन्जमा थप २ कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी अस्थायी कोरोना अस्पतालका संयोजक डा। उदयनारायण सिंहले वीरगञ्जमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको जनाएका हुन् ।

नारायणी अस्थायी कोरोना अस्पतालमा ६ दिनदेखि उपचाररत ६८ वर्षीय कोरोना संक्रमितको बुधबार उपचारका क्रममा मृत्यु भएको छ । अर्का एक जना ६० वर्षीय पुरुषको नेशनल मेडिकल कलेजमा उपचारका क्रममा हिजो मृत्यु भएकोमा उनको आज मात्र कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो ।

कोरोनाले मृत्यु भएका ६८ वर्षीय पुरुष वीरगन्ज महानगरपालिका–७ रेशमकोठी निवासी हुन् । उनको आज बिहान मृत्यु भएको डा। सिंहले बताए ।