पोखरा फोटोग्राफर संघको रक्तदान, फोटोग्राफी अवार्ड भदौ ३ मा वितरण गरिने

पोखरा फोटोग्राफर संघ, पोखराले शुक्रबार खुला रक्तदान आयोजना गरेको छ । रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा भएको रक्तदानमा २८ युनिट रगत संकलन भएको छ ।

संघका अध्यक्ष रविनाथ दाहालको अध्यक्षतामा भएको कार्यक्रममा संघका संरक्षक गणेश छवि, गण्डकी फोटोग्राफर संघका अध्यक्ष दुर्गाप्रसाद पौडेल, कैलाश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिवहरि अधिकारी, पूर्व अध्यक्ष नारायण बाटाजु, निवर्तमान अध्यक्ष तुलसीराम सुवेदी लगायतले बोलेका थिए ।

संघद्धारा सञ्चालित दोस्रो पोखरा फोटोग्राफी अवार्ड आगामी भदौ ३ गते विश्व फोटोग्राफी दिवसमा हुने भएको छ । संघको ३९ औं वार्षिकोत्सवको अवसर शुक्रबार आयोजित कार्यक्रममा यो जानकारी दिइएको हो ।

अग्रज फोटोग्राफरको सम्मान र प्रतियोगिताको माध्यमबाट सीप तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले अवार्ड प्रदान गर्न लागिएको हो । संघले २०७५ सालबाट सुरु गरेको अवार्ड हरेक २ वर्षमा विश्व फोटो फोटोग्राफी दिवसमा वितरण गर्ने गरिन्छ ।

कार्यक्रममा रक्तदान कार्यक्रम संयोजक नन्दकला पौडेल, संघका सचिव कपिल सापकोटा र प्रथम उपाध्यक्ष परशुराम आचार्यले पनि बोलेका थिए ।