गण्डकीमा थप १ कोरोना संक्रमितको मृत्यु

पोखरामा कोभिड १९ संक्रमित एक जनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसियुमा उपचाररत एक पुरुषको बुधबार राति सबा ११ बजे मृत्यु भएको हो ।

स्याङजाको सिरुवारीका ती ५५ वर्षीय पुरुषमा मधुमेह, सिभियर निमोनिया लगायतका समस्यासमेत रहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको निर्देशक डा अर्जुन आचार्यले जानकारी दिए ।गण्डकी प्रदेशमा यो कोरोना संक्रमितको दोस्रो मृत्यु हो ।

असार ८ गते कोरोना संक्रमण पुष्टि भएपछि उनको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।