कास्कीमा संक्रमितको संख्या १८ पुगेको छ । सोमबार बेलुका स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विज्ञप्ति अनुसार पोखराका एक ४५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।
कास्कीका ६ संक्रमित निको भएका छन् । अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ सय ९३ पुगेको छ । पछिल्लो अपडेटमा ५३ जना नयाँ संक्रमित फेला परेको हुन् ।

हालसम्म गण्डकीमा ७० निको भएका छन् भने १ जनाको मृत्यु भएको छ । मनाङ र मुस्ताङमा १, १ जना संक्रमति छन् ।
तनहुँमा १७, स्याङ्जामा ९, बागलुङमा ८, गोरखामा ११, लमजुङमा ५, पर्वतमा १ र नवलपुरमा १ जनामा संक्रमण पुष्टि भएको छ ।










