रुपाले अस्पताल, आइसोलेसन र क्वारेन्टाइन बनाउने

कास्कीको रुपा गाउँपालिकाले कोरोना कहर केन्द्रीत गरी नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक नीति तथा कार्यक्रममा रुपाका बासिन्दालाई २४ सै घण्टा निशुल्क एम्बुलेन्स सेवा, घर घरमा औषधी वितरण, सबै घरमा स्वास्थ्यकर्मीद्धारा स्वास्थ्य परीक्षण, क्वारेन्टाइन र आइसोलेसन निर्माण गरिने उल्लेख छ ।

यसै वर्ष अस्पताल निर्माणसमेत थाल्ने रुपाको योजना छ । पालिका अध्यक्ष नवराज ओझाले पेश गरेको बजेटमा गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा ७० लाख बजेट छुट्याएको छ । पालिकाले यवस्थापन कोष खडा गरी खाद्य सुरक्षा र स्वास्थ्य व्यवस्थापन गर्ने र सबै वडामा स्वास्थ्य चौकी स्थापना गर्ने नीति पनि लिएको छ ।

अध्यक्ष ओझाले ४३ करोड १६ लाख ८१ हजार रुपैयाँको बजेट सार्वजनिक ग।रेका छन् । बजेटले बेरोजगारलाई सहुलियत ऋण र रोजगारीमा समेत जोड दिएको छ ।