पोखरा १४ का १ जनामा संक्रमण

पोखरा १४ का एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय, गण्डकीले दिउँसो साढे १ बजेको अपडेटमा यो जानकारी दिएको हो ।

ती ४० वर्षीय पुरुष क्वारेन्टाइनमा थिए । उनका परिवारका सदस्य कोरोना संक्रमित थिए । मादी गाउँपालिकाका १ पुरुषमा पनि कोरोना पुष्टि भएको छ । मादीमा शनिबार २ जना संक्रमित भएको पुष्टि भएको थियो ।

अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ सय २३ पुगेको छ ।