नेपालमा पछिल्लो २४ घण्टामा ५ सय ३५ जनामा कोरोना संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अब संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको जानकारी दिए । पछिल्लो २४ घण्टामा थप ३७० जना उपचारपछि निको भएका छन् ।
अहिलेसम्म निको हुनेको संख्या २ हजार १ सय ४२ पुगेको छ। अब रसुवाबाहेका नेपालका ७६ जिल्लामा कोरोना संक्रमण पुगिसकेको छ ।




