युवावर्ग देशका कर्णधारमात्र होइन मेरुदण्ड पनि हुन् । प्राकृतिक प्रकोप, द्वन्द तथा महामारीमा युवाको अहम् भूमिका हुन्छ। Rescue, Relief & Rehabilitation अर्थात उद्दार, राहत र पुनर्स्थापनामासंसारभरका युवा अग्रपंक्तिमा हुन्छन् । महामारीको समयमा सरकारको काम प्रभावकारी नभएमा युवाले स्वयंसेवी नेतृत्व लिएर भए पनि जनता बचाउनु पर्दछ । संकटले नेतृत्व स्थापित गर्छ । संकटको समयमा जनताको पक्षमा निस्वार्थ काम गर्ने नेतृत्व देशलाई जहिले पनि आवश्यक हुन्छ । आशा गरौँ, हाम्रो देशका युवाले पनि संकटको यो घडीमा जनपक्षीय काम देखिने गरि गर्नेछन् ।
संकटमा युवाको महत्व किन ?
- युवा वर्गले महामारीबारे सबैभन्दा धेरै बुझेका छन् ।
- युवा बर्गलाई देशको माया धरै हुन्छ, उनीहरु स्वप्नदर्शी हुन्छन् ।
- युवा सिर्जनशील र सक्रिय हुन्छन् ।
- युवाभोक, प्यास सहेर पनि खटेर काम गर्न सक्छन्।
- संसारमा जति परिबर्तन भएका छन्, त्यसमा युवाको प्रमुख भूमिका छ ।
- युवामा महामारीको जोखिम कम हुन्छ ।
- देशको बर्तमान अवस्थासँग युवाको क्यारियर तथा भविष्य जोडिएको हुन्छ ।
- भोलिको समाज कस्तो हुन्छ भन्ने कुरा युवाको भिजनमा भर पर्दछ ।
महामारीको समयमा युवाले के गर्ने ?
- ७७ जिल्लामै संजाल स्थापना गरेर कोरोना महामारीको रोकथामको लागि चेतनामुलक कार्यक्रम चलाउने ।
- भ्रष्ट्राचार, कमिसन, कालोबजारी तथा ढिलासुस्तीकोबिरुद्ध आवाज शशक्त गर्ने ।
- राज्यले बाटो बिराएमा खबरदारी गर्ने ।
- टोलटोलमा स्वयम्सेवी दस्ता खडा गरेर सहि तरिकाले मास्क लगाउन सिकाउने, मास्क वितरण गर्ने ।
- भित्रि बस्ती, गल्ली, सडक तथा भीडभाड हुने ठाउँमा बसेर व्यक्तिगत दुरी कायम गर्न लगाउने, भीडभाड हटाउन भूमिका खेल्ने, डोरी अथवा रंगको प्रयोग गरेर भौतिक दुरी कायम गर्ने चिन्ह बनाउने ।
- ठाउँठाउँमा साबुनपानी तथाह्याण्ड स्यानिटाइजरको ब्यबस्था गर्ने ।
- कोरोना रोकथामका उपायबारे चित्रात्मक पोस्टर ठाउँठाउँमा टाँस्ने ।
- जेष्ठ नागरिक तथा जोखिम बर्गलाई घरभित्र पनि भौतिक दुरी कायम गरेर सुरक्षित हुन सिकाउने ।
- स्थानीय क्वारेन्टाइन अनुगमन गर्ने । क्वारेन्टाइन मापदण्ड अनुसार ब्यबस्था मिलाउन सहयोग एबम समन्वय गर्ने ।
- सिमानाकामा नेपाल आउने हरेक व्यक्तिको ब्लडप्रेसर, ग्लुकोमिटरबाट मधुमेह परीक्षण तथा स्वास्थ्य अवस्था बुझ्नको लागि टोलि राख्ने ।
परीक्षणको दायरा बढाउन, हटस्पोट शिल गर्न, आवतजावतलाई ब्यबस्थित गर्न तथा क्वारेन्टाइनमा मनोपरामर्श, योग, व्यायामको लागि रचनात्मक भूमिका खेल्ने ।
- सिमानाकामा स्वच्छ पानी, प्याकेट बनाइएको खाना तथा स्वास्थ्यकर्मीको निगरानीमा प्राथमिक उपचारको समन्वय गर्ने ।
- परीक्षणको दायरा बढाउन, हटस्पोट शिल गर्न, आवतजावतलाई ब्यबस्थित गर्न तथा क्वारेन्टाइनमा मनोपरामर्श, योग, व्यायामको लागि रचनात्मक भूमिका खेल्ने ।
- अस्पताल, तरकारी बजार, किनमेल गर्ने ठाउँ आदिमा सुरक्षाबिधि अपनाउन उत्प्रेरकको भूमिका खेल्ने ।
- कोरोना संक्रमण नियन्त्रणमा सरकारले ध्यान नदिएको ठाउँमा युवाले काम गर्ने ।
- कौसी, छत, करेसाबारीदेखि देशभरका खाली जग्गामा खेतीपाती गर्नको लागि अभियान चलाउने ।
- उत्पादनको बजारीकरण गर्न सहजीकरण गर्ने ।
- कृषिमा नयाँ प्रबिधि तथा स्रोतको प्रयोग गर्न भूमिका खेल्ने ।
- डिजिटल काम, अनलाइन बिजनेस, सफ्टवेयर निर्माण, वेबसाइट निर्माण, डकुमेन्ट्री निर्माण लगायतका नयाँ ब्यबसायबारे प्रशिक्षण दिने।
- महामारीको कारण हरेक ५ जनामा २ जना बेरोजगार भएका छन् । रोजगारी तथा स्वरोजगारी निर्माण गर्नको लागि भूमिका खेल्ने ।
- भर्चुवल उद्यमशिलताको बिकास गर्ने ।
कोरोनापछिको युगमा पुरानो मान्यताले राजनीति स्थापित हुँदैन ।‘ पोस्टकोभिड एरा ‘ मा त्यो नेतृत्व स्थापित हुन्छ जसले यो महामारीमा ठूलो योगदान गरेको हुन्छ । हामी बाँच्न, बचाउन तथा देशमा आशाको किरण छर्नको लागि युवाबर्गको अहम् भूमिका अपेक्षित छ ।









