गण्डकी अञ्चलको मनाङमा पनि कोरोना संक्रमित फेला परेका छन् । चामे गाउँपालिकामा कार्यरत ५७ वर्षीय पुरुष कपिलवस्तुका हुन् ।
बिहीबार गण्डकी प्रदेशमा ७७ संक्रमित थपिएका छन् । अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३२४ पुगेको छ ।

यस्तै, गोरखामा ११, तनहुँमा १२ र नवलपरासीमा १८ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितहरु सबै हालै भारतबाट फर्किएका हुन् ।
बिहान ९ बजेको अपडेट अनुसार स्याङ्जामा ९, बागलुङमा १, पर्वतमा ४, तनहुँमा ३ र नवलपरासीमा १३ जना गरी ३० जनाम कोरोना पुष्टि भएको छ । यी संक्रमित पनि सबै भारतबाट आएका हुन् ।




