आत्महत्या गरेकी युवतीमा संक्रमण

आत्महत्या गरेकी सुर्खेतको सिम्ता गाउँपालिकाकी एक युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

घर नजिकै झुण्डिएर आत्महत्या गरेकी सिम्ता गाउँपालिका ८ की ती २५ वर्षीय युवतीमा कोरोना पुष्टि भएको कर्णाली सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले जनाएका छन् ।

असार १ गते आत्महत्यापछि पोष्टमार्टम गर्नुअघि उनको कोरोना परीक्षण गरिएको थियो । बुधबार उनमा संक्रमण पुष्टि भएको हो । सिम्ताकै एक क्वारेन्टिनमा १४ दिन बसेर घर फर्किदा उनको आरडीटी रिपोर्ट भने नेगेटिभ आएको थियो।