७४ जिल्लामा संक्रमित फेला, ७ हजार ८ सय संक्रमित

नेपालमा पछिल्लो २४ घण्टामा हालसम्मकै सर्वाधिक ६ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अब देशका ७४ जिल्लामा पुष्टि भएका संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुगेको छ । तीमध्ये महिला ६१९ र पुरुष ७ हजार २ सय २९ छन् ।

बिहिबार १९ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । नेपालमा कोरोना निको हुनेहरुको संख्या १ हजार १ सय ८६ पुगेको छ ।

हालसम्म क्वारेन्टाइनमा १ लाख १६ हजार २१५जना बसेका छन भने ६ हजार ६४८ जनाको आइसोलेसनमा उपचार भइरहेको छ ।

अहिलेसम्म पीसीआर विधिबाट १ लाख ५५ हजार ५ सय १८ जना र आरडीटी विधिबाट २ लाख ४३ हजार ५७५ को नमुना परीक्षण गरिएको छ ।