गण्डकी प्रदेशमा संक्रमितको संख्या २ सय २३ पुगेको छ । यहाँ मंगलबार १८ जना नयाँ कोरोना संक्रमित पुष्टि भएका छन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयले उनीहरु सबै जना भारतबाट फर्केर क्वारेन्टाइनमा बस्दैआएको जनाएको छ । गोरखामा १०, स्याङ्जामा ४, नवलपरासी २, कास्की १ र बागलुङमा १ नयाँ संक्रमित फेला परेका हुन् ।
गोरखा नगरपालिकाकी ३१ वर्षीया महिला बाहेक अरु सबै पुरुष छन् । कास्कीको पोखरा महानगरपालिकाका २१ वर्षका पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।
संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भएको स्वास्थ्य निर्देशक डा विनोदबिन्दु शर्माले जानकारी दिए ।




