पोखरामा ९० वर्षका वृद्धलाई कोरोना संक्रमण

पोखरा महानगरपालिकाको पश्चिमान्चल सामुदायिक अस्पतालमा उपचार गराइरहेका एक वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्याङ्जाको वालिङ घर भएका संक्रमित ९० का पुरुष हुन् । उनलाई पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आईसोलेसन कक्षमा ल्याउने तयारी भएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

त्यसैगरी तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेको बर्ष १२ र ४६ का २ पुरुषमा पनि कोरोना संक्रमणको पुष्टि भएको छ । उनीहरुलाई तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिकामा रहेको जी।पी। कोइराला श्वासप्रश्वास केन्द्रको आईसोलेसन कक्षमा ल्याउने तयारी भ्रएको छ ।

अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ सय २६ पुगेको छ ।