सरकारले भन्यो– अस्पतालमा बेड नहुन सक्छ, सचेत बनौं

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका २२ जिल्लामा कोरोना डरलाग्दो गरी बढिरहेको जनाएको छ ।

मन्त्रालयले शुक्रबार अपिल जारी गर्दै अस्पतालमा राखेर हेरचाह गर्न बेड उपलब्ध नहुने जनाएको हो । मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलान्चोक, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरमा संक्रमण फैलिने दर डरलाग्दो छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सर्वसाधारणलाई संवेदनशील हुन अनुरोध गरेका छन् । उनले जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गर्न पनि सचेत गराए ।