मनाङमा २ कोरोना संक्रति भेटिएका छन् । चामे गाउँपालिकामा रहेको राष्ट्रिय बाणिज्य बैंकमा कार्यरत २ कर्मचारीमा कोभिड १९ पुष्टि भएको हो ।
उनीहरु बिरामी भई अस्पताल जाँदा कोरोना पोजेटिभ पुष्टि भएको जिल्ला अस्पतालका डाक्टर प्रतिभा गौलीले जानकारी दिइन् । जनस्वस्थ्य कार्यलय चामे मनाङका अनुसार पहिलो चरणको कोरोनापछि दोस्रो चरणको पहिलो संक्रमण फेला परेको हो ।
जिल्लामा हाल ५ बेडको आइसोलेसन बेड निर्माण गरीएको छ भने अस्पतालमा ५ वटा अक्सिजन सिलिन्डर रहेको अस्पतालले जानकारी दिएको छ ।
संक्रमित कर्मचारी कास्की घर भएका दम्पती हुन् । उनीहरु एक हप्ताअघि मनाङ आएका थिए । संक्रमित अहिले होम आइसोलेसनमा बसेको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानेले जानकारी दिए ।
जिल्ला अस्पतालमा रहेको १ भेन्टिलेटर र आइसियु कक्ष जनशक्ति अभावले चल्न सकेका छैनन् । हाल जिल्लामा तत्कालका लागि ५ शैयाको आइसोलेशन कक्षा जिल्ला अस्पतालमा तयार पारिएको पनि जिल्ला स्वास्थ्य कार्यालले जनाएको छ ।
कोरोना कोरोना भाइरस महामारीका कारण प्रत्यक्ष रुपमा बैठक बस्न नपाए पनि नेपाल पत्रकार महासंघ मनाङ शाखाले भर्चुअल माध्यमबाट अन्तरक्रिया गरेको छ । कोरोना कहरका बेलामा भेटघाट हुन नपाएको अवस्थामा भिडियो मार्फत एक आपसमा स्वास्थ्य सर्तकताका बारेमा अन्तरक्रिया गरिएको मनाङ शाखाले जनाएको छ ।
शनिवार अनलाइन जुममार्फत शाखाले जिल्लाका स्वास्थ्य प्रमुख , प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रशासन र स्थानीय तहका पदाधिकारीहरु संग अन्तरक्रिया गरेको हो ।
बैठकमा पत्रकार महासंघका केन्द्रिय अध्यक्ष बिपुल पोख्रेलले समपुर्ण पत्रकारहरुलाई आफु सुरक्षित रही समाचार सम्प्रेशण गर्न अनुरोध गरे ।




