स्वास्थ्य

खिमविक्रम काण्डपछि नागिला बने डिन

विवादित ल्याब सञ्चालक डा अमर नागिला पोखरा विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकायको डिन बनेका छन् । विश्वविद्यालयको सोमबार बसेको कार्यकारी परिषद्ले नागिलालाई डिन बनाएको हो । उनी स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्सेसका सहप्राध्यापक हुन् । उनी लाइफ केयर डायग्नोस्टिक (एलसिडी) नामको ल्याबका पनि सञ्चालक हुन् । एलसिडीले गण्डकी प्रदेशमा पिसिआर जाँचको अनुमति पाएको छ । एलसिडीले राष्ट्रिय जनमोर्चा सांसद खिमविक्रम शाहीको स्वाबको नतिजा १५ वैशाखमा पोजिटिभ देखाएको थियो । जबकी… पुरा पढौ

गम्भीर कोरोनाबाट गुज्रिँदाको अनुभव

अहिले सिङ्गो मुलुक कोरोना कहर बाट गुज्रिरहेको छ। मुलुक मात्र के सारा विश्व यो महामारी बाट आक्रान्त र सन्तप्त छ। हाम्रो मुलुक मा केही रावण स्वभाव का मानिसहरू पनि सत्ता मा आसीन छन् जसले एसलाई अर्थोपार्जन को अवसर का रूप मा लिइरहेका छन्। संवेदनाविहीन भएर अन्टसन्ट बकिरहन्छन्। केही निजी अस्पताल का सञ्चालकहरू पनि एस्तै कुत्सित स्वार्थ ले ग्रसित छन्। विरामी लाई सुविधा दिने तिर भन्दा विरामी बाट पैसा असुल्ने अनेक… पुरा पढौ

भट्टराई र सापकोटाको सक्रियतामा सित्तैमा एम्बुलेन्स सेवा

कोरोना सङ्क्रमितलाई सेवा दिने उद्देश्यले पोखराका पर्यटन व्यवसायी गणेश भट्टराई र टीकाराम सापकोटाको सक्रियतामा १ एम्बुलेन्स आइतबारदेखि निःशुल्क सञ्चालनमा आएको छ । बालहितकारी परियोजना नेपालको सञ्चालनमा नरहेको एम्बुलेन्स पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष गणेशबहादुर भट्टराई र पर्यटन परिषदका अर्का पूर्व अध्यक्ष टीकाराम सापकोटाको पहलमा मर्मत गरी कोभिड बिरामीको सेवामा लाग्ने गरी सञ्चालनमा आएको हो । पोखरा ६ का वडा अध्यक्ष जगतबहादुर पहारीमार्फत एम्बुलेन्स चालक रोशन सापकोटालाई चाबी दिएर एम्बुलेन्स सञ्चालनमा… पुरा पढौ

विदेशमा रहेका नेपालीसँग जनस्वास्थ्य विज्ञको आग्रह

बिदेशमा रहनुभएका आदरणीय दाजुभाइ तथा दिदीबहिनी,नेपालमा अहिले कोरोना माहामारीको दोस्रो लहरले अकल्पनीय स्थिति आएको यहाँहरुलाई अवगत नै छ | आगामी २ हप्ता निकै सम्बेदनशील देखिएको छ | हामीकहाँ अक्सिजनको माग र आपूर्तिको सन्तुलन नमिलेको हुँदा अस्पतालहरु निकै कठिन अवस्थामा छन् | १. अक्सिजनको अभाव –नेपालमै अक्सिजनको चर्को अभाव भएको हुँदा यहाँ अक्सिजन किन्न पैसा पठाएर त्यसको खास अर्थ छैन | तसर्थ जति सकिन्छ, दुताबास / एनआरएन आदि संस्थासंग समन्वय गरेर… पुरा पढौ

२ एम्बुलेन्स चालक पक्राउ

कोभिडको विषम परिस्थितिमा बढी भाडा लिएको आरोपमा प्रहरीले वीरगञ्जबाट २ एम्बुलेन्स चालकलाई पक्राउ गरेको छ । पर्साको बहुदरमाई नगरपालिका ९ का ३५ वर्षीय कमरुद्दिन रायभर र विन्दवासिनी गाउँपालिका–१ बस्ने २२ वर्षीय विरबल मुखिया पक्राउ परेका हुन् । वीरगञ्ज महानगरपालिका–१५ स्थित नेशनल मेडिकल कलेज बाहिरको सडकबाट उनीहरुलाई शुक्रबार बेलुका पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए । ‘एकजनाले काठमाडौंसम्मको भाडा १२ हजार लिनुपर्नेमा ४० हजार… पुरा पढौ

मुस्ताङको घरपझोङमा कोरोना संक्रमितको सेवामा एम्बुलेन्स

जोमसोम—कोरोना संक्रमित बिरामीलाई अस्पतालसम्म लैजाने र ल्याउन सुविधाका लागि मुस्ताङको घरपझोङ गाउँपालिकाले बिहिबार देखि एम्बुलेन्स सेवा प्रदान गरेको छ ।मुस्ताङको घरपझोङ गाउपालिका भित्र कोरोनाको दोश्रो लहर फैलिन थालेपछि गाउपालिकाले बिरामी बोक्ने एम्बुलेन्सको बन्दोबस्त गरेको स्वास्थ्य संयोजक कर्णबहादुर थकालीले जानकारी दिए ।घरपझोङ गाउँपालिकाले सार्वजनिक भाडामा चल्ने बलेरो जिप एक महिनाका लागि ठेक्का लिएर कोरोना संक्रमित बिरामीको उपचारमा सहयोग पू¥याउन एम्बुलेन्स सेवा उपलब्ध गराएको स्वास्थ्य संयोजक थकालीले बताए ।पालिकाले ५ वटै वडाका… पुरा पढौ

समुदायमा संक्रमण फैलिएपछि गाउँपालिका बन्द

समुदायमा नयाँ भेरियन्टको कोरोना फैलिएपछि अन्नपूर्ण गाउँपलिकाले बुधबारदेखि अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ । संक्रमण न्यूनीकरण गर्न अर्को सूचना नभएसम्मका लागि गाउँपालिकाका सेवा बन्द गरिएको अध्यक्ष युवराज कँुवरले बताए । उनले संक्रमितको उपचारका लागि वडा नम्बर ५ मा ५ बेडको कोभिड अस्पताल बनाएको छ । उनले वडाहरुमा सम्पर्क व्यक्ति तोकिएको र समुदाय स्तरमा सचेतनामूलक अभियान पनि चलाइएको जानकारी दिए । ढिकुरपोखरी, नयाँपुल र घान्द्रुकबाट उपचारमा आउने जाने बिरामीलाई जिपको व्यवस्था… पुरा पढौ

सय बेडको आइसोलेसन बनाउँदै पोखरा महानगर

पोखरा महानगरपालिकाले साबिक लेखनाथ नगरपालिकाको भवनमा १ सय बेडको कोरोना युनिट निर्माण थालेको छ । महानगर अन्तर्गतको शिशुवा अस्पताल मातहत रहने गरी त्यो भवनमा कोरोना आइसोलेसन वार्ड निर्माण गर्न लागिएको हो । आइसोलेसन वार्ड बनाउन महानगरले अक्सिजनको व्यवस्थापन र पाइपलाइनका लागि २५ लाख रुपैयाँमा बोलपत्र आह्वान गरेको छ । भवन बाहिरका केही संरचना परिवर्तन गर्न ८ लाख ५० हजार रुपैयाँको अर्को बोलपत्र प्रकाशित भएको छ । साबिक लेखनाथ नगरपालिकाको भवनमा… पुरा पढौ

मनाङका संक्रमितलाई पोखरा लगियो

जिल्ला अस्पताल मनाङमा तीन दिनदेखि उपचार गराइरहेका कोरोना संक्रमितलाई थप उपचारका लागि गण्डकी अस्पताल पोखरा लगिएको छ । बुधबार बिहान अल्टिच्युड हेलिकोप्टरमार्फत थप उपचारका लागि संक्रमित दम्पतीलाई पोखरा लगिएको जिल्ला अस्पताल मनाङले जनाएको छ । पिसिआर परीक्षणमा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला अस्पताल बुधबारदेखि शिल गरिएको छ । अस्पतालमा अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरिएको डाक्टर प्रतिभा गौलीले बताइन् । जिल्लाको चार पालिकामध्ये दुई पालिका विहिबारदेखि बन्द हुने… पुरा पढौ

मुस्ताङमा बिहिबार देखि लकडाउन, मुक्तिनाथ जेठ १५ गतेसम्म बन्द

जोमसोम—हिमाली जिल्ला मुस्ताङका तीन स्थानीय तहमा बिहिबार राति देखि लागु हुने गरी निशेषआज्ञा जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलको अध्यक्षतामा बुधबार बसेको जिल्ला कोभिड—१९ संकट व्यवस्थापन समिति ( सीसीएमसी)को बैठकले जिल्लामा कोरोनाको दोश्रो लहर फैलिएको भन्दै यसको रोकथाम तथा नियन्त्रणका लागि बिहिबार राति देखि एक साताका लागि मुस्ताङको थासाङ,घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका भित्र लागु हुने गरी निशेषआज्ञा जारी गरिएको जनाईएको छ ।समितिले मुस्ताङ जिल्लामा समेत कोरोना… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं