अहिले सिङ्गो मुलुक कोरोना कहर बाट गुज्रिरहेको छ। मुलुक मात्र के सारा विश्व यो महामारी बाट आक्रान्त र सन्तप्त छ। हाम्रो मुलुक मा केही रावण स्वभाव का मानिसहरू पनि सत्ता मा आसीन छन् जसले एसलाई अर्थोपार्जन को अवसर का रूप मा लिइरहेका छन्। संवेदनाविहीन भएर अन्टसन्ट बकिरहन्छन्। केही निजी अस्पताल का सञ्चालकहरू पनि एस्तै कुत्सित स्वार्थ ले ग्रसित छन्। विरामी लाई सुविधा दिने तिर भन्दा विरामी बाट पैसा असुल्ने अनेक उपाय र बाटाहरू को खोजी मा दिनरात खटेका छन्। खोप लगाइसकेका डाक्टर र नर्सहरू पनि कोरोना का विरामी बाट दश हात परै बसेर मनलाग्दी निर्देशन दिइरहेका भेटिन्छन्। बडो दिक्दारी को अवस्था विद्यमान छ।
मुलुक सँगसँगै म पनि कोरोना को गम्भीर दुष्चक्र मा फँसेर विस्तारै सुधार को दिशा तर्फ अग्रसर भएको छू। शुरु मा आफ्ना लक्षणहरु हेर्दा मलाई कोरोना को शंका लाग्यो र पीसीआर जाँच गरेर हेरें। नेगेटिभ देखियो। त्यो रिपोर्ट देखेर मन ले राहत माने पनि शरीर ले राहत महसूस गर्न सकेन। स्थिति झन् अपठेरो र असहज हुँदै गयो। मेरो शरीर अनेक रोगहरू का कारण बलियो थिएन। मैले विगत मा पौंठेजोरी खेलेका निम्न रोगहरू ले मलाई कमजोर पारिरहेकै थिए-
१. २९ वर्ष अगाडी भएको मुटु को शल्यक्रिया र एओर्टिक भल्भ रिप्लेसमेन्ट।
२. २९ वर्ष अगाडी नै दाहिने खुट्टा मा रक्तप्रवाह नभए पछि डा अवनीभूषण लगायत ले खुट्टै काट्नुपर्छ भनेर अपरेश को समय निश्चय गरिसके पछि वीर अस्पताल बाट भागेर दिल्ली पुगी खुट्टा को अपरेशन गरेर निको पारेको अवस्था।
३. दश वर्ष अगाडी भएको गम्भीर न्यूमोनिया का कारण दाहिने तर्फ को फोक्सो को तल्लो भाग कुहेर झरेको अवस्था।
४. मुटु कै समस्या ले गर्दा बेला बेला पिसाब नहुने र पिसाब का लागि समय समय मा ल्यासिक्स खानुपर्ने अवस्था ।
५. ७ वर्ष अगाडी किड्नी मा पत्थर देखिए पछि लामो समय सम्म निरी सेवन गरेर पत्थर लाई सानो पारेको तर पूरै सफा भइ नसकेको अवस्था।
६. आज भन्दा २५ वर्ष अगाडी देब्रे आँखा ले देख्न छाडे पछि आँखा को अपरेशन गरी प्लाष्टिक को लेन्स राखेको थिएँ। तर केही महीना एता तेसमा पुनः समस्या देखिन थाले पछि अनेक औषधि को प्रयोग गरिरहेको अवस्था।
७. मुटु मा प्लाष्टिक को भल्भ भएकाले थोरै ज्वरो आउँदा पनि डराउनुपर्ने परिस्थिति बाट गुज्रिरहेको अवस्था।
मैले यी समस्याहरू एसकारण भनिरहेको छू कि एतिका धेरै समस्या हुँदा पनि म कोरोना सँग पूरै आत्मबल का साथ भिडें र निको हुने दिनहरू गनिरहेको छू। तेसैले कुनै गम्भीर रोग को शिकार हुँदैमा कोरोना ले लगिहाल्न सक्दैन भन्ने कुरा लाई मन मा बलियो सँग गाँठो पारेर राख्नुहोस्।
मैले माथी भन्दै थिएँ। पीसीआर नेगेटिभ आए पनि मलाई अनेक समस्या ले पिरोलिरहे। अनि डा ज्योति भट्टराई तथा डा परिमल कोइराला को सल्लाह ले रगत का अनेक जाँच तथा छाती को एक्स रे गराएँ। CBC, Ferritin, LDH, CRP quantitative, Chest-Xray इत्यादि।
सबै रिपोर्ट ले कोभिड19 तर्फ संकेत गरे। Ferritin त करीब ८०० पुगेको देखियो जो गम्भीर कोरोना को संकेत रहेछ। LDH पनि कल्पनातीत धेरै थियो जसले फोक्सो का केही भागहरू क्षतिग्रस्त भएको देखाउँथ्यो। ०-५ भित्र हुनुपर्ने CRP ३७ पुगेको थियो। एक्स रे ले पनि गम्भीर प्रकृति को भाइरल न्यूमोनिया देखायो। तेस पछि सीटी स्क्यान गरियो। तेसले अझै खराबी अवस्था उजागर गर्यो। अनि पुनः पीसीआर परीक्षण भयो। तेसले कोभिड पोजिटिभ देखायो। मेरा शारीरिक लक्षणहरू एस्ता थिए-
१. सास फेर्न अपठेरो हुने।
२. छाती दुख्ने । अगाडी पछाडी दुवै तिर।
३. १०२ वरिपरि ज्वरो आउने । सिटामोल खाँदा केही घटे पनि १०० भन्दा तल नझर्ने।
४. मिर्गौला पनि दुखिराख्ने ।
५. अक्सिमीटर मा अक्सिजन ८० देखि ८७ ।
६. वाकवाकी लाग्ने। खान नरुच्ने। पानी पनि पिउन गाह्रो हुने।
७. दिसा नहुने। भएमा थोरै र पातलो हुने ।
८. एसिडिटी बढेर जति बेला पनि ढ्याऊ ढ्याऊ भइरहने।
९. एकदमै कमजोर भएको महसूस हुने र हिँड्दा घुमाउने।
अक्सिजन लेभल ८७ भन्दा तल जानु भनेको राम्रो होइन भन्ने सुनें। अक्सिजन सिलिन्डर को खोजी भयो तर पाइएन। म सँगसँगै मेरी श्रीमती को हालत पनि उस्तै थियो। रगत का रिपोर्टहरू मेरा जत्तिकै खराब नभए पनि हेमोग्लोबिन को स्तर घटेर ८ पुगेको थियो। अक्सिजन लेभल उनको पनि घटेको थियो। हामी हतारिएर टिचिङ पुग्यौं। त्यहाँ डा दमनराज पौडेल का सहायता ले भर्ना भइयो। अक्सिजन को सपोर्ट मा बस्न थालियो। तर दुई रात पनि बित्न नपाउँदै मलाई गम्भीर कोरोना भएको भनेर कोरोना वार्ड मा सार्ने कुरा भए। हामी डराएर अस्पताल बाट विदा भयौं।
हामीलाई घर मै अक्सिजन लिने व्यवस्था मिलाउने जिम्मा कविवर रामप्रसाद घिमिरे ले लिनुभयो। तर एक रात घर मा बसे पछि केही आफन्तीहरू ले गैंडाकोट देखि फोन गरेर अस्पतालै बस्नुपर्ने सल्लाह दिनुभयो। म पुगें मध्यवानेश्वर स्थित भेनस अस्पताल को कोरोना वार्ड। सुविधाशून्य। एक रात को करीब ४०००० खर्च। तातो पानी पनि कसैले नदिने। घर का मान्छे लाई भेट्न नदिने। बिहान ८ नबजी पानी खान नपाइने। नर्क समान । म टिक्न सकिन र भोलिपल्टै तेहाँबाट विदा भएर घरै आएँ। आफन्तीहरु ले अस्पताल छाडेकोमा गुनासो गरे। मेरो पीडा मैसँग थियो।
मेरा साथ कविवर रामप्रसाद घिमिरे जी हुनुहुन्थ्यो। उहाँले नआत्तिन र घर मै आइसोलेशन मा बसेर अक्सिजन र दबाई लिनु नै सर्वोत्तम उपाय हो भनेर सम्झाउनुभयो। मैले तेसै गरें । गरिरहेको छू। मैले यो बीच मा अनुभव गरेका उपचार का प्रक्रियाहरू तल टिपेको छू-
१. बिहान बेलुका र साँझ पानी को बाफ लिने। बाफ लिने पानी मा आधा चम्चा भन्दा थोरै ज्वानो र आधा चम्चा बेसार हालेर उमालेको हुनुपर्ने।
२. हरेक आधा घण्टा मा तातो पानी पिउने। नरुचे पनि बल गरेर।
३. हरेक घण्टा मा केही न केही खाने। तर चिसो लाग्ने खानेकुरा कम खाने।
४. कार्बोहाइड्रेड भन्दा प्रोटीन बढ्ता भएका खानेकुरा खानु राम्रो रहेछ।
५. ज्वरो घटाउन दिन को तीनपल्ट सिटामोल या फ्लेक्सन खाने। मैले फ्लेक्सन भाँचेर आधा आधा तीन पटक खाने गरेको छू।
६. मैले क्लाभाम ६२५ खाइरहेको छू। यो राम्रो एन्टिबायोटिक रहेछ।
७. दिन को दुई पटक जिंक र मल्टिभिटामिन खाइरहेको छू।
८. भिटामीन सी दिन को तीन पटक चुस्ने गर्छू।
९. क्याल्सिमय तथा भिटामीन डी नियमित खाइरहेको छू।
१०. अक्सिजन १ लेभल मा लिइरहेको छू।
११. कुरिला को सूप, मशरुम सूप, तथा अरु पनि जे रुच्छ त्यो बल गरी गरी खाइरहेको छू।
१२. कोठा मा ठाउँ ठाउँ मा कपूर, ज्वानो र ल्वाङ कपडा मा बाँधेका पोकाहरू राख्न लगाएको छू।
१३. पाती सुँघ्नु पनि राम्रो हो भन्ने सुनें तर यहाँ बजार मा पाती कहाँ बाट पाउनू ?
म हिजो देखि सञ्चो भएको बाटो मा हिँड्दै गरेको अनुभव गरेको छू। एस दौरान मलाई प्रत्यक्ष अप्रत्यक्ष शुभकामना आशीर्वाद प्रदान गर्नुहुने समस्त महानुभाव मा हार्दिक कृतज्ञता व्यक्त गर्दछू। मैले धेरै काम गर्न बाँकी छ। म चाहन्छू एस समस्या बाट निवृत्त भए पछि मेरा हरेक पलहरू सबैको कल्याण का लागि उपयोग मा आऊन् । जय श्रीराम ।