स्वास्थ्य

प्रदेशले चाडै खोप ल्याउँछ : मन्त्री अधिकारी

कोभिड कहर नियन्त्रण गर्न दोस्रो चरणको निषेधाज्ञापछि विस्तारै जानजीवन सामान्य हुने अपेक्षा छ । कोभिडको खोप संघ सरकारले मात्र किन्ने व्यवस्था रहेकोमा प्रदेश र स्थानीय तहहरुले पनि यो अधिकार मागिरहेका छन् । अपेक्षा बमोजिम सरकारले नागरिकलाई खोप उपलब्ध गराउन नसकेको गुनासो आइरहँदा नागरिक स्तरबाट भने उल्लेख्य रुपमा कोभिड पीडितलाई राहत र सुरक्षा सामग्री हस्तान्तरण भइरहेको छ । बिहीबार पोखरा १३, मियाँपाटमा रहेको अन्नपूर्ण क्लिनिकल प्रालि र नमस्ते फार्मेसियाले आयोजना गरेको… पुरा पढौ

युआरएल हस्पिटलचोकमा सुगर सित्तैमा, अन्य जाँचमा ३० प्रतिशत छुट

युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि ९युआरएल०को हस्पिटलचोक शाखाले असार महिनाभर सुगर सित्तैमा जाँच गर्ने भएको छ । गण्डकी प्रदेशकै पहिलो र अग्रणी रेफरेन्स ल्याब युआरएलले हस्पिटलचोकमा शाखा सुरुआत भएको अवसरमा भिटामिन, होलबडी, क्यान्सर, थाइराइड लगायत सबै रगत जाँचमा ३० प्रतिशत छुट दिएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ९गण्डकी अस्पताल०मा आउने र सो क्षेत्रका सेवाग्राहीलाई सहज रुपमा सेवा दिन पोखरा उपत्यकामै शाखा खोलिएको अध्यक्ष ठाकुरप्रसाद पन्तले बताए ।… पुरा पढौ

स्वास्थ्य क्षेत्रलाई साढे २१ करोड

पोखरा महानगरले समग्र स्वास्थ्य क्षेत्रको विकासको लागि २१ करोड ५० लाख विनियोजन गरेको छ । सरकारले कोभिड विरुद्धको खोप खरिदको लागि जिम्मेवारी दिए कम्तीमा ५० हजार खोप किन्ने बजेटमा उल्लेख छ । महानगरले खोप उपलब्ध गराउने विषयमा भगिनी सम्बन्ध भएका नगरहरुका नगर प्रमुखलाई अनुरोधसमेत गरेको छ । हाल सञ्चालनमा रहेको आइसोलेसन, पिसिआर नमूना संकलन, कोभिड अस्पतालको स्तरउन्नति तथा संचालनका लागि ३ करोड विनियोजन भएको छ । कोभिड–१९ नियन्त्रणको लागि हालै… पुरा पढौ

विवाह भोजबाट गाउँभर संक्रमण

बागलुङजिल्लाभर निशेधाज्ञा जारी भए पनि लगनको महिना भएकाले विवाह, वर्तबन्ध र चौरासी पूजाजस्ता धार्मिक र सांकृतिक कार्य रोकिएका छैनन् । निश्चित मापदण्ड तोकेर धार्मिक तथा सांकृतिक कार्यमा सहभागि हुन प्रशासनले आग्रह गरेको भए पनि सुरक्षाकर्मी र प्रशासनको उपस्थिति कम रहेका ठाउँमा यस्ता कार्य पूर्ववत्रूपमा चलिरहेका हुन् । जिल्ला सदरमुकाममै केही दिन पहिला विवाह भोजमा सहभागि भएका ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एउटै गाउँमा यती धेरै जनामा सङ्क्रमण… पुरा पढौ

गण्डकी सरकारले सबै नागरिकलाई पुग्ने खोप किन्ने

गण्डकी सरकारले सबै नागरिकलाई पुग्ने गरी कोरोनाको खोप किन्ने भएको छ । मंगलबार प्रस्तुत बजेटमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशका सबै नागरिकलाई कोरोना विरुद्धको खोप सुनिश्चित गर्न खोप खरिदको लागि आवश्यक बजेटको व्यवस्था गरेको उल्लेख गरेका हुन् । संक्रामक तथा सरुवारोग अस्पतालमा अत्याधुनिक प्रविधिसहितको सुविधासम्पन्न भवन निर्माण गरी सेवा सुविधा बिस्तार गरिने भएको छ । स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर र पाठेघरको क्यान्सरको शल्यक्रियामा लाग्ने खर्च प्रदेश सरकारबाट व्यहोर्ने भएको… पुरा पढौ

‘कोरोना भ्याक्सिनमा अपाङ्गता भएकालाई प्राथमिकता देऊ’

विश्व समुदाय कोभिड १९ महामारीसँग जुधिरहेको छ। यसको असर नपरेको कुनै पनि भूगोल, वर्ग, क्षेत्र र समुदाय छैन। नेपाल सरकारले खोप कार्यक्रमलाई अगाडि बढाईरहेको छ। अहिलेसम्म स्वस्थ्यकर्मी, पत्रकार, ६२ वर्ष माथी उमेर समुहलाई सरकारले खोप दिईसकेको छ। तर अन्य व्यक्तिहरु भन्दा बढि जोखिममा रहेका अपाङ्गता भएका व्यक्तिहरु अझै पनि प्राथमिकतामा पर्न सकेको छैन। यहि विषयलाई केन्द्रमा राख्दै पोखरामा १० वर्षदेखि अपाङ्गता क्षेत्रमा क्रियाशील संस्था स्वाबलम्बन जीवनपद्धति केन्द्र पोखराले आज जुम… पुरा पढौ

गणतान्त्रिक छैरोलाई कोरोना मुक्त बनाउने मुस्ताङका पत्रकार रसाईली

जोमसोम—कोरोना “हट स्पट’ बनेको मुस्ताङको घरपझोङ गाउपालिका अन्तर्गतको गणतान्त्रिक छैरो गाउ शुक्रबार कोरोना मुक्त पहिलो गाउ बनेको छ ।मुस्ताङमा लगातार विगत १२ वर्षदेखि पत्रकारीताक्षेत्रमा सक्रिय पत्रकार भीमबहादर रसाईलीको योगदानका कारण गणतान्त्रिक छैरो कोरोना मुक्त बन्न सफल भयो ।मुस्ताङको ४ स्थानीय तहमा झन्डै ४ सय १६ व्यक्तिलाई कोरोना संक्रमण देखिएपछि स्थानीयमा एक प्रकारको कोरोना त्रास बढ्दै थियो । गत जेठ १५ गते उनको गाउमा पनि कोरोना माहामारी रोग पस्यो । पत्रकार… पुरा पढौ

कोभिडबाट नेपालमा छोरा, जापानमा बाबुको निधन

कोभिड १९ का कारण जापानमा एक नेपालीको निधन भएको छ । गुल्मीको वामी घर भएका प्रेम केसीको कोभिड संक्रमणबाट ज्यान गएको हो । नेपालबाट जापान फर्कने क्रममा नारिता विमानस्थलमा गरिएको कोभिड परीक्षणमा उनमा संक्रमणको पुष्टि भएको थियो । केसीको उपचारको क्रममा निधन भएको हो । जापानमा कोभिड संक्रमणबाट मृत्यु हुने नेपालीको यो पहिलो घटना हो । केसीका जेठा छोराको २ महिना अघि नेपालमा कोभिड संक्रमणबाट निधन भएको थियो । पुरा पढौ

पत्रकारलाई कोरोना खोप दिन पत्रकार महासंघको माग

नेपाल पत्रकार महासंघ कास्की शाखाले जिल्लामा कार्यरत सञ्चारकर्मीलाई कोरोना भाइरस विरुद्धको खोप उपलव्ध गराउन माग गरेको छ । शाखाका अध्यक्ष विमला भण्डारीले आज विज्ञप्ति जारी गरी फ्रन्टलाइनमा रहेर नागरिकलाई सुसूचित, जागरुक बनाउने कार्यमा खटिने पत्रकारको पेसागत बाध्यता हृदयंगम गरी आम नागरिक सहित कास्कीका पत्रकारहरुलाई पहिलो प्राथमिकतामा राखेर तत्काल कोरोना विरुद्धको खोप उपलब्ध गराउन संघीय सरकार, गण्डकी प्रदेश सरकार र स्थानीय सरकारसमक्ष माग गरेकी हुन् । जिल्लामा क्रियाशील रहेका पत्रकारहरु कोरोना… पुरा पढौ

विकास निर्माणसंगै मुस्ताङमा बढ्यो कोरोना जोखिम

आर्थिक वर्ष २०७७÷०७८ का लागि हिमाली जिल्ला मुस्ताङमा संञ्चालित विकास आयोजनाको काम व्यवस्थित हुन नसक्दा कोरोना जोखिम बढेको आंकलन गरिएको छ ।आर्थिक वर्ष सकिन अन्तिम महिना मात्र बाकी हुँदा मुस्ताङमा विकास निर्माणकार्यले तिब्रता पाएको हो ।संघ ,प्रदेश र स्थानीय तहमा संञ्चालन भएका करिव ६५ प्रतिशत आयोजनाको काम धमाधम अघि बढिरहेको छ । मुस्ताङमा स्थानीय तह, संघ, प्रदेश र विकाससंग संम्वन्धित अन्य कार्यालयबाट भईरहेका विकास आयोजनाको काममा निर्माण कम्पनी,ठेकेदार र मजदुरबाट… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं