स्वास्थ्य

निजी अस्पतालका लगानीकर्ता बने स्वास्थ्य राज्यमन्त्री

नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री बनेका छन् । निजी अस्पतालका लगानीकर्ता समेत रहेका श्रेष्ठलाई राज्यमन्त्री बनाएर मन्त्रीको जिम्मेवारी भने प्रधानमन्त्री शेरबहादुर देउवाले नै लिएका छन् । श्रेष्ठ नेपाली कांग्रेसका समानुपातिक सांसद छन् । भोजपुर घर भएका श्रेष्ठको थुप्रै व्यवसायिक क्षेत्रमा लगानी छ । जनमैत्री, महेन्द्रनारायण निधी अस्पताल लगायतमा उनको लगानी छ । पुरा पढौ

कोरोना खोप लगाएको वृद्धको मृत्यु

कोभिड १९ विरुद्धको जोनसन एण्ड जोनसन खोप लगाएका धादिङका एक वृद्धको मृत्यु भएको छ । उनको मृत्युको कारण एकीन हुन बाँकी छ । धादिङको निलकण्ठ नगरपालिका ६ का ७८ वर्षीय वृद्धको खोप लगाएको पौने तीन घण्टामा मृत्यु भएको हो । जिल्ला स्वास्थ्य कार्यालय धादिङका स्वास्थ्य प्रमुख डा भुवन पौडेलले शुक्रबार विहान साढे ११ बजे तिर खोप लगाएका वृद्धको मृत्यु भएको जानकारी दिए । खोप लगाएको एक घण्टापछि उनी बेहोस भएका… पुरा पढौ

बागलुङमा घरेलु मदिरा सेवनबाट ४ को मृत्यु,२ बिरामि

जिल्लाको गलकोट नगरपालिकामा घरेलु मदिरा सेवनका कारण ४ जना मजदुरको ज्यान गएको छ भने २ जना गम्भिर बिरामि भएका छन् । जिल्लाको गलकोट नगरपालिकामा मजदुरी गर्दै आएका ६ जनाले मदिरा सेवन गरेकोमा चार जनाको उपचारका लागि सदरमुकामको धौलागिरि अस्पताल ल्याउँदै गर्दा बाटोमै ज्यान गएको हो । मृत्यु हुनेहरुमा रोल्पा जिल्लाको सुनिल स्मृति गाउँपालिका-५, गजुल बस्ने वर्ष २१ का दिपेन्द्र पुन मगर, सोही स्थानका वर्ष ३० का प्रबिन घर्ति, बर्ष ३९… पुरा पढौ

सरकारको निर्णय : चैतसम्म सबैलाई खोप

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको पहिलो मन्त्रीपरिषद बैठकले सबै नेपालीलाई चैतभित्र खोप उपलब्ध गराउने निर्णय गरेको छ । बैठकले चैत महिनाभित्र सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाउने निर्णय गरेको कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । आउँदो असोज महिनाभित्र एक तिहाइ जनसंख्या र चैत भित्र सबै नेपालीलाई खोप लगाउने निर्णय भएको हो । कोरानाविरुद्ध अग्रपंतिमा खटिएकालाई एक हप्ताभित्र भत्ता उपलब्ध गराउने निर्णय भएको छ । पुरा पढौ

प्रदेशले चाडै खोप ल्याउँछ : मन्त्री अधिकारी

कोभिड कहर नियन्त्रण गर्न दोस्रो चरणको निषेधाज्ञापछि विस्तारै जानजीवन सामान्य हुने अपेक्षा छ । कोभिडको खोप संघ सरकारले मात्र किन्ने व्यवस्था रहेकोमा प्रदेश र स्थानीय तहहरुले पनि यो अधिकार मागिरहेका छन् । अपेक्षा बमोजिम सरकारले नागरिकलाई खोप उपलब्ध गराउन नसकेको गुनासो आइरहँदा नागरिक स्तरबाट भने उल्लेख्य रुपमा कोभिड पीडितलाई राहत र सुरक्षा सामग्री हस्तान्तरण भइरहेको छ । बिहीबार पोखरा १३, मियाँपाटमा रहेको अन्नपूर्ण क्लिनिकल प्रालि र नमस्ते फार्मेसियाले आयोजना गरेको… पुरा पढौ

युआरएल हस्पिटलचोकमा सुगर सित्तैमा, अन्य जाँचमा ३० प्रतिशत छुट

युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि ९युआरएल०को हस्पिटलचोक शाखाले असार महिनाभर सुगर सित्तैमा जाँच गर्ने भएको छ । गण्डकी प्रदेशकै पहिलो र अग्रणी रेफरेन्स ल्याब युआरएलले हस्पिटलचोकमा शाखा सुरुआत भएको अवसरमा भिटामिन, होलबडी, क्यान्सर, थाइराइड लगायत सबै रगत जाँचमा ३० प्रतिशत छुट दिएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ९गण्डकी अस्पताल०मा आउने र सो क्षेत्रका सेवाग्राहीलाई सहज रुपमा सेवा दिन पोखरा उपत्यकामै शाखा खोलिएको अध्यक्ष ठाकुरप्रसाद पन्तले बताए ।… पुरा पढौ

स्वास्थ्य क्षेत्रलाई साढे २१ करोड

पोखरा महानगरले समग्र स्वास्थ्य क्षेत्रको विकासको लागि २१ करोड ५० लाख विनियोजन गरेको छ । सरकारले कोभिड विरुद्धको खोप खरिदको लागि जिम्मेवारी दिए कम्तीमा ५० हजार खोप किन्ने बजेटमा उल्लेख छ । महानगरले खोप उपलब्ध गराउने विषयमा भगिनी सम्बन्ध भएका नगरहरुका नगर प्रमुखलाई अनुरोधसमेत गरेको छ । हाल सञ्चालनमा रहेको आइसोलेसन, पिसिआर नमूना संकलन, कोभिड अस्पतालको स्तरउन्नति तथा संचालनका लागि ३ करोड विनियोजन भएको छ । कोभिड–१९ नियन्त्रणको लागि हालै… पुरा पढौ

विवाह भोजबाट गाउँभर संक्रमण

बागलुङजिल्लाभर निशेधाज्ञा जारी भए पनि लगनको महिना भएकाले विवाह, वर्तबन्ध र चौरासी पूजाजस्ता धार्मिक र सांकृतिक कार्य रोकिएका छैनन् । निश्चित मापदण्ड तोकेर धार्मिक तथा सांकृतिक कार्यमा सहभागि हुन प्रशासनले आग्रह गरेको भए पनि सुरक्षाकर्मी र प्रशासनको उपस्थिति कम रहेका ठाउँमा यस्ता कार्य पूर्ववत्रूपमा चलिरहेका हुन् । जिल्ला सदरमुकाममै केही दिन पहिला विवाह भोजमा सहभागि भएका ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एउटै गाउँमा यती धेरै जनामा सङ्क्रमण… पुरा पढौ

गण्डकी सरकारले सबै नागरिकलाई पुग्ने खोप किन्ने

गण्डकी सरकारले सबै नागरिकलाई पुग्ने गरी कोरोनाको खोप किन्ने भएको छ । मंगलबार प्रस्तुत बजेटमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशका सबै नागरिकलाई कोरोना विरुद्धको खोप सुनिश्चित गर्न खोप खरिदको लागि आवश्यक बजेटको व्यवस्था गरेको उल्लेख गरेका हुन् । संक्रामक तथा सरुवारोग अस्पतालमा अत्याधुनिक प्रविधिसहितको सुविधासम्पन्न भवन निर्माण गरी सेवा सुविधा बिस्तार गरिने भएको छ । स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर र पाठेघरको क्यान्सरको शल्यक्रियामा लाग्ने खर्च प्रदेश सरकारबाट व्यहोर्ने भएको… पुरा पढौ

‘कोरोना भ्याक्सिनमा अपाङ्गता भएकालाई प्राथमिकता देऊ’

विश्व समुदाय कोभिड १९ महामारीसँग जुधिरहेको छ। यसको असर नपरेको कुनै पनि भूगोल, वर्ग, क्षेत्र र समुदाय छैन। नेपाल सरकारले खोप कार्यक्रमलाई अगाडि बढाईरहेको छ। अहिलेसम्म स्वस्थ्यकर्मी, पत्रकार, ६२ वर्ष माथी उमेर समुहलाई सरकारले खोप दिईसकेको छ। तर अन्य व्यक्तिहरु भन्दा बढि जोखिममा रहेका अपाङ्गता भएका व्यक्तिहरु अझै पनि प्राथमिकतामा पर्न सकेको छैन। यहि विषयलाई केन्द्रमा राख्दै पोखरामा १० वर्षदेखि अपाङ्गता क्षेत्रमा क्रियाशील संस्था स्वाबलम्बन जीवनपद्धति केन्द्र पोखराले आज जुम… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं