स्वास्थ्य

कात्तिक २८ देखि फाइजर खोप

काठमाडौँ, २४ कात्तिकस्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप ‘फाइजर’ यही कात्तिक २८ देखि मङ्सिर ४ गतेसम्म लगाउने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले दीर्घरोगीलाई लक्षित गरी यही कात्तिक २८ गतेदेखि खोप अभियान सञ्चालन गरिन थालेको जानकारी दिए । । नेपाललाई अमेरिकाले एक लाख ६२० मात्रा फाइजर खोप उपलब्ध गराएको थियो । मन्त्रालयले दीर्घरोगी भएका १२ वर्ष उमेरदेखि माथिका व्यक्तिलाई फाइजर खोपको दुई मात्र दिइने जनाएको छ… पुरा पढौ

जिरो किमीमा खुल्यो कास्की डेन्टल

पोखराको जिरो किमीमा नयाँ डेन्टल थपिएको छ । मंगलबार आयोजितकार्यक्रममा गण्डकी प्रदेशकाऊर्जा मन्त्री हरिशरण आचार्यले कस्की डेन्टल प्रालिसुरुआत गरे । आचार्यले स्वास्थ्य, शिक्षा, आवास जस्ता आधारभूत कुराको जिम्मा सरकारले लिनुपर्नेमा जोड दिए । उनले निजी क्षेत्रले सेवाको भावनासहितयी क्षेत्रमा लगानी गरी व्यवसायसहित सेवा दिनुपर्ने उनले बताए । मन्त्री आचार्यले हरेक क्षेत्रमा बिचौलिया हावी भएको भन्दै जनतालाई सेवा दिने र व्यवसाय पनि स्थापित हुने बाटो रोज्न व्यवसायीलाई आग्रह गरे । उनले… पुरा पढौ

बागलुङ समाजमा रक्तदान

बागलुङ समाज पोखराले बुधबार आयोजना गरेको खुला रक्तदानमा ३५ युनिट रगत संकलन भएको छ । कोभिड १९ संक्रमणका कारण रक्तदान हुने कार्यतालिका प्रभावित हुँदा रगत अभाव भएकाले समाजले रक्तदान गरेको हो । समाज आयोजना गरेको रक्तदान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले ब्लड ब्याग हस्तान्तरण गरी सुरुआत गरे । बागलुङकै बासिन्दा पौडेलले सामाजिक तहबाट यस खालका कार्यक्रम हुनु प्रशंसनीय भएको उल्लेख गरे । उनले समाजवादको यात्रासम्म पुग्न समाज र… पुरा पढौ

युआरएलमा एन्टिबडी जाँच

युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)ले एन्टिबडी जाँच सुरु गरेको छ । गण्डकी प्रदेशकै पहिलो र अग्रणी रेफरेन्स ल्याब युआरएलले मुख्य कार्यालय सभागृहचोक, शाखा कार्यालय हस्पिटलचोकसहित युआरएल दमौली, दुलगौैंडा, लमजुङको बेशीसहर र स्याङ्जाको वालिङमा जाँच गरिने जनाएको छ । यो जाँचबाट कोभिड १९ को खोप लगाएपछि शरीरमा प्रतिरक्षा गर्ने शक्ति (एन्टिबडी)को अवस्था थाहा हुने युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्तले जानकारी दिए । संसारकै सर्वाेत्कृष्ट इक्लिया प्रविधिमार्फत् कोबास इ ४११ मेसिनबाट एन्टिबडी जाँच… पुरा पढौ

सहारा क्लबका सदस्यलाई कोभिड बिरुद्धको खोप

गण्डकी प्रदेश सरकारको सहयोगमा पोखराको सहारा क्लवले आफ्ना सदस्यहरुलाई कोरोना बिरुद्धको खोप लगाएको छ । क्लवले आफ्ना २ सय जना क्लवमा आबद्ध सदस्यहरुलाई कोरोना बिरुद्ध खोप लगाएको क्वलले जनाएको छ । त्यसै गरी हालै पोखरामा प्रदान गरिएको उक्त खोप अभियान अन्र्तगत १४ जना नेपाली सेनालाई समेत कोरोना बिरुद्ध खोप प्रबन्ध गरिएको थियो । क्लवले हरेक बर्ष जसो आहा रारा गोल्ड कप फुटवल प्रतियोगिता संचालन गर्दै आएको छ भने १४ जिल्लाका… पुरा पढौ

३ हप्तामा सय सापुका बिरामी

विगत तीन हप्तामा सापु रोगबाट एकसय बिरामी परेका छन् । सेतो पुतलीको सङ्क्रमबाट आँखामा लाग्ने रोगलाई सापु भन्ने गरिन्छ । ४६ वर्षयता यति छोटो अवधि पहिलो पटक यति धेरै बिरामी देखिएको जनाइएको छ । त्रिवि शिक्षण अस्पतालका वरिष्ठ नेत्ररोग विशेषज्ञ डा रञ्जु खरेलले अझै तीन महिना सापु रोगको जोखिम बढ्नसक्ने भएकोले सचेतना अपनाउन आग्रह गरे । भदौदेखि मङ्सिरसम्म सो रोग देखिने गर्दछ । सापुबाट आँखाको भित्री भागलाई असर गर्नुको साथै… पुरा पढौ

असोजभर टिजी सित्तैमा, अरु जाँचमा ३० % छुट

गण्डकी प्रदेशको पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल) ले चाडपर्व लक्षित फेस्टिभल अफर सार्वजनिक गरेको छ । अफरमा असोज महिनाभर रगतमा हुने खराब बोसो(टिजी) सित्तैमा जाँच गरिनेछ भने अरु सबै प्रकारका रक्तजाँच र होलबडीका प्याकेजमा समेत ३० प्रतिशत छुट दिइएको अध्यक्ष ठाकुरप्रसाद पन्तले जानकारी दिए । यो अफर युआरएलको प्रधान कार्यालय सभागृहचोक, गिरी कम्प्लेक्ससहित शाखा कार्यालय हस्पिटलचोकसहित युआरएल दुलेगौंडा, दमौली, बेशीसहर र वालिङमा समेत उपलब्ध छ । विश्वकै सर्वाेत्कृष्ट… पुरा पढौ

ग्रान्डी अस्पतालका वरिष्ठ मृगौला रोग विशेषज्ञ पोखरामा

ग्रान्डी इन्टरनेसनल हस्पिटल काठमाडौंका वरिष्ठ मृगौला रोग विशेषज्ञ डा विष्णु पहारी पोखरा आउने भएका छन् । पोखराको महेन्द्रपुलमा रहेको अन्नपूर्ण सिटी क्लिनिकमा असोज ८ गते शनिबार पहारी आउँदै छन् । डिम नेफ्रोलोजी र ट्रान्सप्लान्ट विशेषज्ञ पहारी बिहान ९ बजेतिर बेलुका ५ बजेसम्म क्लिनिकमा रहने छन् । मृगौला प्रत्यारोपण गरेका बिरामी, डाईलोसिस गरिरहेका बिरामी, छिटो छिटो पिसाब लाग्ने, पिसावमा रगत देखा पर्ने, रक्तअल्पता तथा कमजोरी हुने, छाला सम्बन्धी रोग देखिन थाल्ने,… पुरा पढौ

युआरएलमा नयाँ सञ्चालक समिति

युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)को आठौं साधारणसभाले नयाँ सञ्चालक समिति चुनेको छ । आइतबार र सोमबार भएको सभाले ठाकुरप्रसाद पन्तको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको हो । निर्देशकमा गीता कार्की, गणेशप्रसाद कोइराला, सन्दीप अर्याल र डा वसन्तराज पंगेनी छन् । सभाले विभिन्न जिल्लामा रहेका युआरएलका शाखामा निरीक्षणका लागि जिम्मेवारीसमेत तोकेको छ । युआरएल लमजुङका लागि सालिकराम अधिकारी, युआरएल दमौलीका लागि रमेश पौडेल, युआरएल दुलेगौडाका लागि नारायण वाग्ले, युआरएल वालिकका लािग… पुरा पढौ

चिनियाँ सहरबाट पोखरालाई २ करोडमा सामग्री

छिमेकी मुलुक चीनको सहयोगमा पोखरा महानगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । पोखरासँग भगिनी सम्बन्ध भएका कुनमिङ, गोन्जाओ, लिन्जी र गार्जे सहरले पोखरालाई स्वास्थ्य सामग्री सहयोग गरेका हुन् । बिहीबार आयोजित कार्यक्रममा चीनबाट स्वास्थ्य सामग्री ल्याउन समन्वय गरेका नेपाल चीन जनमैत्री संघ अध्यक्ष विश्वशंकर पालिखेले महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङलाई ती सामग्री हस्तान्तरण गरे । अध्यक्ष पालिखेले करिब २ करोडका सामग्री हस्तान्तरण गरिएको बताए । कोरोना रोकथाम र नियन्त्रणका लागि २… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं