स्वास्थ्य

एउटै पिपिईको मूल्य २ हजारदेखि १० हजारसम्म

कोरोना सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि तनहुँका स्थानीय तहले एउटै सामग्री पनि फरक–फरक मूल्यमा खरिद गरेको भेटिएको छ । देवघाट गाउँपालिकाले प्रतिथान १० हजारका दरले छ थान पिपिइ खरिद गरेको भेटिएको छ । त्यस्तै व्यास नगरपालिकाले छ हजार ८६ का दरले २१२ थान पिपिइ खरिद गरेको छ । गोरखाको शहीद लखन गाउँपालिकालाले रु एक हजार ९२१ का दरले ३० थान पिपिइ खरिद गरेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । “एकै… पुरा पढौ

थप ३,२७४ जनामा कोरोना संक्रमण, २७ जनाको मृत्‍यु

पछिल्लो २४ घण्टामा ३,२७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ११ हजार ५ सय ६५ पीसीआर परीक्षण गर्दा २ हजार ४५६ जना र ६ हजार १२४ एन्टिजेन परीक्षण गर्दा ८ सय १८ गरी ३ हजार २७४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ भने १ हजार ९२९ जना निको भएका छन् ।… पुरा पढौ

चिनियाँ सहरबाट पोखरालाई २० लाखका स्वास्थ्य सामग्री

पोखरा महानगरपालिकाको भगिनी सम्बन्ध रहेको चीनको नानिङ शहरले पोखरा महानगरपालिका २० लाख बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ । पोखरा पर्यटन परिषद् र चाइना ओभरसिज एशोसिएशनको समन्वयमा ल्याइएको उक्त सामग्रीलाई आज महानगर परिसरमा परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले उपप्रमुख मञ्जुदेवी गुरुङलाई हस्तान्तरण गरे । उपप्रमुख गुरुङले पोखरा महानगरले १३ वटा अन्तराष्ट्रिय सम्बन्धमध्ये ९ वटा चीनका विभिन्न शहरसँग भएको जानकारी दिइन् । २०७४ पौष २६ गते पोखरा महानगर र चीनकोनानिङ शहर बीचभगिनी… पुरा पढौ

बागलुङमा खुलेआम सडकमा हिड्छन संक्रमित !

बागलुङ जिल्लामा कोरोना संक्रमण नियन्त्रणमा प्रभावकारि कदम चाल्न नसक्दा संक्रमण दिनानुदिन बढिरहेको छ ।जिल्लामा सबैभन्दा बढि संक्रमित रहेको बागलुङ नगरपालिकाको बजारक्षेत्रमा कोरोना संक्रमितनै खुलेआम सडकमा हिहिरहेको पाइएको छ ।स्वाब परिक्षणमा २८ गते कोरोना पोजेटिभ देखिएका एक पुरुष खुलेआम सडकमा डुलिरहेको भेटिएको हो । जैमिनि नगरपालिका-१ स्थाइ घर भइ बागलुङ हाल बागलुङ नगरपालिका वडा नम्बर ३, बुद्ध विहार, जिल्ला प्रसाशन कार्यालय नजिकै भाडामा बसोबास गर्दै आएका २२ बर्षिय युवा सडकमा खुलेआम… पुरा पढौ

पहुँचबालाको दबाबपछि बागलुङमा खोप अभियान रोकियो

बागलुङमा खोप अभियान स्थगन गरिएको छ । बागलुङमा जारी कोरोनाविरुद्धको खोप अभियानमा पहुँचवालाले अनावश्यक दबाब र दुरुपयोग गरेको व्यापक गुनासोपछि खोप अभियानस्थल केन्द्रको निर्देशनमा स्थगन भएको छ । खोपका लागि लक्षित वर्ग नतोकेका कारण मन्त्रालयको निर्देशन नआउँदासम्मका लागि स्थगित गरिएको स्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु खत्रीले जानकारी दिए । सरकारले लक्षित वर्गलाई खोप लगाउनका लागि दिएको निर्देशन अनुसार बागलुङमा खोप लगाइसकिएको र अब माथिबाट निर्देशन नआउँदासम्मका लागि स्थगित भएको… पुरा पढौ

डेन्टल साइन्स हाइजिनिस्टमा युवराज

डेन्टल साइन्स हाइजिनिस्ट एसोसियसन अफ नेपाल गण्डकीमा युवराज पौडेल (अर्जुन)को अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चुनिएको छ । संस्थाको प्रथम उपाध्यक्षमा परमेश्वर सुवेदी, द्वितीय उपाध्यक्ष रुद्र ढकाल, तृतीय उपाध्यक्ष दसमी गुरुङ, महासचिव रमेश जिएम, सचिव नारायण वाग्ले, कोषाध्यक्ष डण्डापानी चापागाई र सहकोषाध्यक्ष संगम श्रेष्ठ छन् । सदस्यमा दिनेश महर्जन, वीरू नेपाली, मोहन कोइराला, रीना पराजुली, निराजन जोशी, शिवजंग थापा र मिलन थापामगर छन् । नवनिर्वाचित अध्यक्ष पौडेलले डेन्टल हाइजिनिस्टहरुको हकहितका लागि… पुरा पढौ

निजी अस्पतालका लगानीकर्ता बने स्वास्थ्य राज्यमन्त्री

नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री बनेका छन् । निजी अस्पतालका लगानीकर्ता समेत रहेका श्रेष्ठलाई राज्यमन्त्री बनाएर मन्त्रीको जिम्मेवारी भने प्रधानमन्त्री शेरबहादुर देउवाले नै लिएका छन् । श्रेष्ठ नेपाली कांग्रेसका समानुपातिक सांसद छन् । भोजपुर घर भएका श्रेष्ठको थुप्रै व्यवसायिक क्षेत्रमा लगानी छ । जनमैत्री, महेन्द्रनारायण निधी अस्पताल लगायतमा उनको लगानी छ । पुरा पढौ

कोरोना खोप लगाएको वृद्धको मृत्यु

कोभिड १९ विरुद्धको जोनसन एण्ड जोनसन खोप लगाएका धादिङका एक वृद्धको मृत्यु भएको छ । उनको मृत्युको कारण एकीन हुन बाँकी छ । धादिङको निलकण्ठ नगरपालिका ६ का ७८ वर्षीय वृद्धको खोप लगाएको पौने तीन घण्टामा मृत्यु भएको हो । जिल्ला स्वास्थ्य कार्यालय धादिङका स्वास्थ्य प्रमुख डा भुवन पौडेलले शुक्रबार विहान साढे ११ बजे तिर खोप लगाएका वृद्धको मृत्यु भएको जानकारी दिए । खोप लगाएको एक घण्टापछि उनी बेहोस भएका… पुरा पढौ

बागलुङमा घरेलु मदिरा सेवनबाट ४ को मृत्यु,२ बिरामि

जिल्लाको गलकोट नगरपालिकामा घरेलु मदिरा सेवनका कारण ४ जना मजदुरको ज्यान गएको छ भने २ जना गम्भिर बिरामि भएका छन् । जिल्लाको गलकोट नगरपालिकामा मजदुरी गर्दै आएका ६ जनाले मदिरा सेवन गरेकोमा चार जनाको उपचारका लागि सदरमुकामको धौलागिरि अस्पताल ल्याउँदै गर्दा बाटोमै ज्यान गएको हो । मृत्यु हुनेहरुमा रोल्पा जिल्लाको सुनिल स्मृति गाउँपालिका-५, गजुल बस्ने वर्ष २१ का दिपेन्द्र पुन मगर, सोही स्थानका वर्ष ३० का प्रबिन घर्ति, बर्ष ३९… पुरा पढौ

सरकारको निर्णय : चैतसम्म सबैलाई खोप

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको पहिलो मन्त्रीपरिषद बैठकले सबै नेपालीलाई चैतभित्र खोप उपलब्ध गराउने निर्णय गरेको छ । बैठकले चैत महिनाभित्र सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाउने निर्णय गरेको कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । आउँदो असोज महिनाभित्र एक तिहाइ जनसंख्या र चैत भित्र सबै नेपालीलाई खोप लगाउने निर्णय भएको हो । कोरानाविरुद्ध अग्रपंतिमा खटिएकालाई एक हप्ताभित्र भत्ता उपलब्ध गराउने निर्णय भएको छ । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं