चिनियाँ सहरबाट पोखरालाई २० लाखका स्वास्थ्य सामग्री

पोखरा महानगरपालिकाको भगिनी सम्बन्ध रहेको चीनको नानिङ शहरले पोखरा महानगरपालिका २० लाख बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

पोखरा पर्यटन परिषद् र चाइना ओभरसिज एशोसिएशनको समन्वयमा ल्याइएको उक्त सामग्रीलाई आज महानगर परिसरमा परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले उपप्रमुख मञ्जुदेवी गुरुङलाई हस्तान्तरण गरे ।

उपप्रमुख गुरुङले पोखरा महानगरले १३ वटा अन्तराष्ट्रिय सम्बन्धमध्ये ९ वटा चीनका विभिन्न शहरसँग भएको जानकारी दिइन् । २०७४ पौष २६ गते पोखरा महानगर र चीनकोनानिङ शहर बीचभगिनी सम्बन्ध रहेको उल्लेख गर्दै प्राप्त सामग्रीले महामारी रोकथाम र नियन्त्रणमानिकै सहयोग पुग्ने विश्वास उनले व्यक्त गरिन् ।

परिषद् अध्यक्ष भट्टराईले उक्त शहर चीनको नमुन ाशहर भएको उल्लेख गर्दै भगिनी सम्बन्ध स्थापित शहरको साथ र सहयोगले आगामी दिनमा पर्यटन प्रर्वद्धनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे । महामारीको कठिन समयमा २० लाख बराबरको स्वास्थ्य सामग्रीप्रदान गरेर मैत्रीपूर्ण सम्बन्धलाई प्रगाढ गराएको उनको भनाइ छ ।

५ वटा अक्सिजन कन्सन्टेटर मेशिन, मेडिकल मास्क बीस हजार पिस, पिपिइ सेट पाँच सय पिस, मेडिकल पञ्ज ापाँच हजार पिस गरी २० लाख बराबरको स्वास्थ्य सामग्री प्राप्त भएको जानकारी हो ।

रेवान उपाध्यक्ष नरेश भट्टराईले चीनका विभिन्न शहरसँग भएको भगिनि सम्बन्धले दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाएको जनाउँदै कोराना रोकथाम र नियन्त्रणमा प्राप्त स्वास्थ्य सामग्रीले उपचारमा सहजहुने विश्वास जनाए ।

कार्यक्रममा चाइना ओभरसिजए सोसियशनका अध्यक्ष चाङ र सचिव साङ सावो (सन्देश), पोखरा महानगरक ाविभिन्न वडाका वडा अध्यक्षको सहभागिता रहेको थियो ।