ग्रान्डी अस्पतालका वरिष्ठ मृगौला रोग विशेषज्ञ पोखरामा

ग्रान्डी इन्टरनेसनल हस्पिटल काठमाडौंका वरिष्ठ मृगौला रोग विशेषज्ञ डा विष्णु पहारी पोखरा आउने भएका छन् ।

पोखराको महेन्द्रपुलमा रहेको अन्नपूर्ण सिटी क्लिनिकमा असोज ८ गते शनिबार पहारी आउँदै छन् । डिम नेफ्रोलोजी र ट्रान्सप्लान्ट विशेषज्ञ पहारी बिहान ९ बजेतिर बेलुका ५ बजेसम्म क्लिनिकमा रहने छन् ।

मृगौला प्रत्यारोपण गरेका बिरामी, डाईलोसिस गरिरहेका बिरामी, छिटो छिटो पिसाब लाग्ने, पिसावमा रगत देखा पर्ने, रक्तअल्पता तथा कमजोरी हुने, छाला सम्बन्धी रोग देखिन थाल्ने, अत्याधिक मुख गनाउने, जोर्नि दुख्ने, वान्ता होलाजस्तो हुने, रक्तचाप बढ्ने जस्ता समस्या रहेका बिरामीलाई स्वास्थ्य लाभ लिन क्लिनिकका सञ्चालक ठाकुरप्रसाद पन्तले अनुरोध गरेका छन् । फोनबाट पनि नाम दर्ता गर्न मिल्ने उनले बताए ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!