स्वास्थ्य

सिटामोल लुकाउने औषधी पसललाई जरिवाना

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिटामोल लुकाउने फार्मेसीलाई जरिवाना गरेको छ । बिरामी ग्राहकलाई सिटामोल बिक्री नगर्ने गोसाइकुण्ड स्वास्थ्य सेवा केन्द्रलाई सातदोबाटोलाई १० हजार रुपैयाँ जरिवाना गरिएको हो । विभागको छड्के कारवाही क्रममा ग्राहकलाई सिटामोल छैन भनेको फार्मेसीको गोदामा भने सिटामोल भेटिएको थियो । विभागका निरिक्षण अधिकृत धनेश्वर पौडेलले केही दिनदेखि बजारमा सिटामोलको माग उच्च भएपछि फार्मेसीले छैन भन्दै ग्राहकलाई फर्काइरहेको बताए । विभागले फार्मेसीलाई तत्काल १० हजार रुपैयाँ… पुरा पढौ

गण्डकीमा आधा संक्रमित कस्केली

गण्डकी प्रदेशमा कोरोना संक्रमणको ग्राफ उच्च देखिएको छ । पछिल्लो २४ घन्टामा कास्कीका ३४७ र गण्डकी प्रदेशमा ६२३ मा संक्रमण पुष्टि भएको छ । प्रदेशमा पछिल्लो २४ घन्टामा १२३१ को कोभिड जाँच गरिएको थियो । देशभरपछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो नेपालमा कोरोना संक्रमण भित्रिएयता एकै दिनमा पुष्टि भएको सबभन्दा धेरै संक्रमित संख्या हो । २८ वैशाख २०७८ मा ९ हजार ४८३… पुरा पढौ

काेभिडबाट श्वास फेर्न गाह्रो भयो ? तुरून्त अपनाउनुस् यी १६ उपाय ।

१. थर्ममिटरबाट तापक्रम नापिरहनुहोला। ९८ – ९९ फरेनहाइटसम्म व्यक्ति अनुसार नर्मल तापक्रम हो। १०० पुग्यो भने पारासिटामोल खानुहोला। शरीर दुखेमा र टाउको दुखेमा पनि पारासिटामोल खान सकिन्छ।२. पल्स अक्सिमिटरबाट अक्सिजनको स्तर नापिरहनुहोला। यदि ९४ भन्दा तल गयो भने घोप्टो परेर सुत्नुहोला। यसलाई प्रोन पोजिसन भनिन्छ। पेटमा २ वटा सिरानी, टाउकोमा एउटा सिरानी र खुट्टाको गोलिगाँठानेर एउटा सिरानी राखेर पेटको बलमा सुत्नुहोला। यसले फोक्सोको क्षमता बढाउछ। यसलाई प्राकृतिक भेन्टिलेटर पनि भनिन्छ।३.… पुरा पढौ

ओमिक्रोन संक्रमण भए के गर्ने ?

अहिले डेल्टा, ओमिक्रोनलगायत कोरोना भाइरसका प्रजाति नेपालमा पनि उच्चदरमा फैलिएको छ | अन्य देशको संक्रमणदर हेर्ने हो भने नेपालमा पनि यसको फैलाबट ठूलो समुदायमा हुनसक्दछ | यसको प्रकोप हेर्दा लाग्छ, हामी सबै कोरोनाबाट अछुतो रहन मुस्किल छ | सुखद कुरा के छ भने यो लहरका प्रजातिले त्यति गम्भीर बनाएका छैनन् | ओमिक्रोनको लक्षण कडा रुघाजस्तो देखिएको छ | १. कडा रुघा वा जीउ दुख्ने / जाडो हुने भएमा तत्काल पिसिआर… पुरा पढौ

भोलिदेखि बुस्टर मात्राको खोप

सरकारले भोलिदेखि कोरोना भाइरसविरुद्धको ‘बुस्टर’ मात्रा खोप दिने भएको छ । अग्रपङ्क्तिमा काम गर्ने व्यक्तिलाई माघ २ गतेदेखि र ६० वर्षभन्दा माथिका सबै ज्येष्ठ नागरिक र खोपको पूर्ण मात्रा लगाएको ६ महिना पूरा भएका व्यक्तिलाई माघ १४ गतेदेखि ‘बुस्टर’ मात्राको खोप दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । ‘बुस्टर’ डोजका लागि मन्त्रालयले प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र ७७ वटै स्वास्थ्य कार्यालयलाई निर्देशन दिइसकेको छ ।… पुरा पढौ

पोखरा वृद्धाश्रममा ज्येष्ठ नागरिक वार्ड

गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारी (गुरुङ) ले जनताका स्वास्थ्य सम्वन्धि नैसर्गिक अधिकारको रक्षा गर्न सरकार प्रतिवद्ध रहेको बताएकी छन् । प्रदेश सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा पोखरा वृद्धाश्रममा स्थापित प्रदेशको पहिलो सामुदायिक जोरियाट्रिक(ज्येष्ठ नागरिक वार्ड) स्वास्थ्य सेवा बिहीबार सुरु गर्दै उनले भौतिक पूर्वाधार तथा दक्ष जनशक्ति व्यवस्थापन सरकारको पहिलो प्राथमिकता रहेको बताइन् । कोभिड १९ को तेश्रो लहर ओमीक्रोनको संक्रमणबाट जोगिन उच्च मनोवलका साथ पूर्णरुपमा स्वास्थ्य मापदण्डको… पुरा पढौ

ओमिक्रोनले माथिल्लो श्वासप्रश्वास नलीमा सङ्क्रमण

कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट यसअघिको डेल्टा भेरियन्टभन्दा बढी संक्रामक रहेको बताइएको छ। ओमिक्रोन भेरियन्टले मानिसको स्वास्थ्यमा जटिलता कम गराए पनि सङ्क्रामक दर गुणात्मक रुपमा फैलिने बताइएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले ओमिक्रोन भेरियन्टको अन्य भेरियन्ट जस्तै मानिसमा लक्षण हुने गरेको बताए। “अहिले गरिरहेका अणुवांशिक अध्ययन ९जीन सिक्वेन्सिङ०ले ओमिक्रोन भेरियन्ट बढ्दै गएको देखाएको छ, यो भेरियन्टमा अरु भेरियन्टका तुलनामा जटिलता कम भए पनि सङ्क्रामण गुणात्मक रुपमा धेरै… पुरा पढौ

मेला, महोत्सव र राजनीतिक भेला रोक्न कास्की प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय कास्कीले कोभिडको फैलावट बढेपछि तयारी अवस्थामा रहेका मेला, महोत्सव रोक्न र भेला, सम्मेलनहरु नगर्न आग्रह गरेको छ । मंगलबार सूचना निकालेर सिसिएमसिसी कास्कीले जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रको निर्णय अनुसार यस्तो आग्रह गरेको हो । प्रमुख जिल्ला अधिकारी जयनारायण अधिकारीद्धारा जारी सूचनामा यस्ता गतिविधि रोकेर स्वास्थ्य सजगता अपनाउन आग्रह गरिएको छ । प्रशासनको निर्देशनले पोखरा महोत्सव, लेखनाथ महोत्सव, आहा रारा गोल्डसहित विभिन्न राजनीति कार्यक्रम प्रभावित हुने छन्… पुरा पढौ

लकडाउन होइन, स्मार्ट लकडाउन हुन सक्छ

सरकारले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्न निर्देशन दिएको छ । साथै २५ जनाभन्दा बढीको उपस्थिति हुने सभा, गोष्ठी तथा सबै सार्वजनिक कार्यक्रमहरू बन्द गराएको छ । सम्भावित कोरोना भाइरसको तेस्रो लहरलाई मध्यनजर गर्दै यही पुस २६ गतेबाट गृहमन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूमार्फत् सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि ८ बुँदे आदेश जारी गरेको छ । सङ्क्रमण बढ्दै गएको अवस्थामा सरकारले गरेका पछिल्ला निर्णयले फेरि… पुरा पढौ

फेवासिटी हस्पिटलको अध्यक्षमा डा चण्डिका

फेवासिटी हस्पिटल प्रालिको अध्यक्षमा सहप्रा डा चण्डिका पण्डित निर्वाचित भएकी छन् । प्रालिको २२ औं साधारणसभा तथा आठौं अधिवेशनले सर्बसम्मत नयाँ समिति चुनेको हो । अस्पताल सञ्चालक समिति सदस्यहमा डा रविन्द्रप्रसाद श्रेष्ठ, डा टुमाया घले, दिनेशबाबु खड्का, हरिबहादुर केसी, सर्बजित अधिकारी र डा सुरेश थापा छन् । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं