
गण्डकी प्रदेशमा कोरोना संक्रमणको ग्राफ उच्च देखिएको छ । पछिल्लो २४ घन्टामा कास्कीका ३४७ र गण्डकी प्रदेशमा ६२३ मा संक्रमण पुष्टि भएको छ ।
प्रदेशमा पछिल्लो २४ घन्टामा १२३१ को कोभिड जाँच गरिएको थियो । देशभरपछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो नेपालमा कोरोना संक्रमण भित्रिएयता एकै दिनमा पुष्टि भएको सबभन्दा धेरै संक्रमित संख्या हो ।
२८ वैशाख २०७८ मा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको थियो । देशभरमा गरी २२ हजार ८२८ जनाको परीक्षण गरिएको थियो ।
पछिल्लो २४ घण्टामा ५६२ जना संक्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ । हाल देशभर ३९ हजार ४४ संक्रिय संक्रमित छन् ।