सिटामोल लुकाउने औषधी पसललाई जरिवाना

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिटामोल लुकाउने फार्मेसीलाई जरिवाना गरेको छ ।

बिरामी ग्राहकलाई सिटामोल बिक्री नगर्ने गोसाइकुण्ड स्वास्थ्य सेवा केन्द्रलाई सातदोबाटोलाई १० हजार रुपैयाँ जरिवाना गरिएको हो । विभागको छड्के कारवाही क्रममा ग्राहकलाई सिटामोल छैन भनेको फार्मेसीको गोदामा भने सिटामोल भेटिएको थियो ।

विभागका निरिक्षण अधिकृत धनेश्वर पौडेलले केही दिनदेखि बजारमा सिटामोलको माग उच्च भएपछि फार्मेसीले छैन भन्दै ग्राहकलाई फर्काइरहेको बताए ।

विभागले फार्मेसीलाई तत्काल १० हजार रुपैयाँ नगद जरिवाना र सचेत गराउने निर्णय गरेको छ । ज्वरोको बिरामी बढेका कारण सिटामोलको माग उच्च छ ।