
सरकारले कोरोना भाइरसको परीक्षण शुल्क घटाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा पीसीआर परीक्षण शुल्क समायोजन गरिएको जानकारी दिए ।
अब सरकारी प्रयोगशालामा पीसीआर परीक्षण गर्दा ८ सय रुपैयाँ तिनुपर्नेछ । यसअघि सरकारी प्रयोगशालामा यसको शुल्क १ हजार थियो ।
त्यस्तै अब निजी प्रयोगशालामा पीसीआर परीक्षण गर्दा १ हजार ५ सय रुपैयाँ लाग्ने छ । यसअघि निजी प्रयोगशालामा २ हजार रुपैयाँ लिइन्थ्यो ।