जिरो किमीमा खुल्यो कास्की डेन्टल

पोखराको जिरो किमीमा नयाँ डेन्टल थपिएको छ । मंगलबार आयोजितकार्यक्रममा गण्डकी प्रदेशकाऊर्जा मन्त्री हरिशरण आचार्यले कस्की डेन्टल प्रालिसुरुआत गरे ।

आचार्यले स्वास्थ्य, शिक्षा, आवास जस्ता आधारभूत कुराको जिम्मा सरकारले लिनुपर्नेमा जोड दिए । उनले निजी क्षेत्रले सेवाको भावनासहितयी क्षेत्रमा लगानी गरी व्यवसायसहित सेवा दिनुपर्ने उनले बताए ।

मन्त्री आचार्यले हरेक क्षेत्रमा बिचौलिया हावी भएको भन्दै जनतालाई सेवा दिने र व्यवसाय पनि स्थापित हुने बाटो रोज्न व्यवसायीलाई आग्रह गरे । उनले भने, ‘सहुलियत र नाफाबीच अन्तरसम्बन्ध हुनुपर्छ । सहुलियत दिनुभयो भने व्यापार बढेर नाफा पनि बढ्दै जान्छ ।’

डेन्टलका सञ्चालक परमेश्वर सुवेदीले सुलभ शुल्कमा दन्तरोगका विशेषज्ञ सेवा उपलब्ध गराउने प्रतिवद्धता गरे । सेवा सुरुआतको अवसरमा दन्त उपचारमा विशेष सहुलियत उनले दिइने उल्लेख गरे । उनले आकस्मिक सेवा २४ सै घन्टा उपलब्ध रहेको बताए ।