कोरोना खोप लगाएको वृद्धको मृत्यु

कोभिड १९ विरुद्धको जोनसन एण्ड जोनसन खोप लगाएका धादिङका एक वृद्धको मृत्यु भएको छ ।

उनको मृत्युको कारण एकीन हुन बाँकी छ । धादिङको निलकण्ठ नगरपालिका ६ का ७८ वर्षीय वृद्धको खोप लगाएको पौने तीन घण्टामा मृत्यु भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय धादिङका स्वास्थ्य प्रमुख डा भुवन पौडेलले शुक्रबार विहान साढे ११ बजे तिर खोप लगाएका वृद्धको मृत्यु भएको जानकारी दिए । खोप लगाएको एक घण्टापछि उनी बेहोस भएका थिए । ती वृद्ध डाइबेटिजका बिरामी थिए ।