नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री बनेका छन् । निजी अस्पतालका लगानीकर्ता समेत रहेका श्रेष्ठलाई राज्यमन्त्री बनाएर मन्त्रीको जिम्मेवारी भने प्रधानमन्त्री शेरबहादुर देउवाले नै लिएका छन् ।
श्रेष्ठ नेपाली कांग्रेसका समानुपातिक सांसद छन् । भोजपुर घर भएका श्रेष्ठको थुप्रै व्यवसायिक क्षेत्रमा लगानी छ । जनमैत्री, महेन्द्रनारायण निधी अस्पताल लगायतमा उनको लगानी छ ।




