सरकारको निर्णय : चैतसम्म सबैलाई खोप

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको पहिलो मन्त्रीपरिषद बैठकले सबै नेपालीलाई चैतभित्र खोप उपलब्ध गराउने निर्णय गरेको छ ।

बैठकले चैत महिनाभित्र सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाउने निर्णय गरेको कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

आउँदो असोज महिनाभित्र एक तिहाइ जनसंख्या र चैत भित्र सबै नेपालीलाई खोप लगाउने निर्णय भएको हो । कोरानाविरुद्ध अग्रपंतिमा खटिएकालाई एक हप्ताभित्र भत्ता उपलब्ध गराउने निर्णय भएको छ ।